Ads (728x90)

हुनत विवाहको भिडियो एडिटिंग गर्ने सफ्टवेर धेरै महँगो पर्ने गर्दछ ! जसले गर्दा सामान्य व्यक्तिले ति सफ्टवेरहरु किन्न सक्दैन ! र यदि किनेपनि फाईदा उठाउन सक्दैन ! तर यदि तपाईले थोरै मेहनत गर्नुभयो भने सामान्य सफ्टवेरबाट पनि राम्रो एडिटिंग गर्न सक्नुहुन्छ ! त्यसमा तपाईको Creativity को सबैभन्दा ठुलो हात हुन्छ !

तपाईलाई विवाहको भिडियो बनाउनको लागी निम्न कुराहरुको आवश्यकता पर्नेछ : 

कम्प्युटर: 
सबैभन्दा पहिला तपाईलाई एउटा कम्प्युटरको आवश्यकता पर्नेछ, जसको लागी तपाईले डेस्कटप वा ल्यापटप जुन पनि प्रयोग गर्न सक्नुहुन्छ ! त्यसको RAM र प्रोसेसरको स्पिड राम्रो हुनुपर्नेछ !

सफ्टवेर: 
कम्प्युटर हार्डवेयर को पाटो पछी सफ्टवेरको आवश्यक पर्छ, बजारमा धेरै सफ्टवेरहरु पाईन्छन ! अथवा तपाईले ति सफ्टवेरहर इन्टरनेटबाट पनि डाउनलोड गरेर चलाउन सक्नुहुन्छ ! कतिपय सफ्टवेर फ्री का हुन्छन भने कतिपय किन्नुपर्छ ! तर ति सफ्टवेरहरु पनि Trial Version मा उपलब्ध हुन सक्छन, केहि दिनका लागी त्यसै चलाउन सकिन्छ भने कतिपय Crack गरिएका सफ्टवेर पनि डाउनलोड गर्न सक्नुहुन्छ, जुन सधैंभरि चलाउन सकिन्छ !

अडियो: 
त्यस्तै तपाईको भिडियोलाई सुहाउने अडियोहरु पनि तपाईले डाउनलोड गरेर राख्नुपर्ने हुन्छ ! विवाहको परिस्तिथि अनुसार, जन्तीका लागी, बिदाईकालागी परिस्तिथि अनुसारका गीतहरु र Background Music हरु पनि डाउनलोड गरेर राख्नुपर्नेछ !

ओभरले : 
युटुबमा विवाहको भिडियोको लागी थुप्रै ओभरले हरु पाइन्छन जुन भिडियोको माथि फुल खस्ने, फ्रेम राख्ने आदि हुन्छन ! त्यसलाई डाउनलोड गरि प्रयोग गर्न सकिन्छ !

Transition: 
दुई भिडियो को विचमा Transition लगाईन्छ ! यसले भिडियो राम्रो बनाउछ ! यस्ता Alpha Transition हरु पनि गुगलमा डाउनलोड गर्न पाइन्छन ! 


विस्तृत जानकारीका लागी यो भिडियो हेर्नुहोस: 


Post a Comment