Ads (728x90)

फेसबुकलाई राम्रो तरिकाले चलाउन जानेको खण्डमा यसलाई राम्रो आम्दानिको स्रोत पनि बनाउन सकिन्छ ! हामि धेरै समय फेसबुकमा गफ गरेर वा नचाहिने कुराहरु पोस्ट गरेर मात्रै समय बिताउछौ ! तर त्यसको साथ् साथै यदि केहि समय सदुपयोग गरेर यसको प्रयोग गर्न सकेको खण्डमा राम्रो आम्दानि पनि गर्न सक्छौ ! अहिले धेरै नेपालिहरु अनलाईन जब प्रति आकर्षित हुदै गएका छन् ! तर कतिपय शहरहरुमा अनलाईन जब सम्बन्धि तालिम दिने भन्दै मोटो रकम लिईरहेका छन् ! तर तपाईले युटुब वा गुगलमा हेरेर पनि ति कुराहरुको ज्ञान लिएर गर्न सक्नुहुन्छ ! त्यसको लागी त्यति ठुलो रकम तिर्नुपर्दैन !


कसरि कमाइ गर्न सकिन्छ त फेसबुक बाट ? 

१२ मे, २०१५ बाट Instant Article को सुविधा फेसबुकले लिएर आयको छ र अहिले केहि महिना अघि देखि एशियन देशहरुमा पनि यसको प्रयोग गर्न सकिने बनाएको छ ! यो गुगलले दिएको Adsense र Adword को सुविधा जस्तै हो ! यदि तपाईले Adsense वा Adword को बारेमा जानकारी छैन भने; गुगलले ठुला ठुला कम्पनिहरुबाट विज्ञापन लिएर Adsense को माध्यमबाट हाम्रो वेबसाईट र युटुब च्यानलमा विज्ञापन देखाउछ, जसले गर्दा हाम्रो च्यानल वा वेबसाईटको लोकप्रियताको आधारमा र तपाईको च्यानल वा वेबसाईटमा राखिएको विज्ञापनको आधारमा तपाईलाई पैसा दिने गर्दछ !

के हो Instant Article ? 

Instant Article फेसबुकले दिएको त्यस्तो सुविधा हो, जसमा तपाइले आफ्नो Article (लेख, समाचार आदिको) मध्यमबाट आम्दानि गर्न सक्नुहुन्छ ! त्यसको लागी तपाई संग एउटा वेबसाईट हुनु जरुरि छ ! यदी तपाई संग वेबसाईट छैन भने wordpress वा Blogger बनाएर पनि यसको लागि Apply गर्न सक्नुहुनेछ ! अझ खुशीको कुरा त के छ भने यसमा गुगलमा जस्तो भाषाको अवरोध छैन, अर्थात नेपाली भाषा पनि सपोर्ट गर्छ !

फेसबुकले कसरि पैसा दिन्छ त ? 
एकपटक तपाइको वेबसाईट Approve भएपछी तपाईले राखेको वेबसाइटको लिंक खोल्दा त्यसमा फेसबुकले विज्ञापन देखाउंछ, त्यै बिज्ञापन को आधारमा फेसबुकले तपाईलाई पैसा दिने गर्दछ ! याद राख्नुहोस, यसले हालका लागी मोबाईल अप्लिकेशनबाट खोलिएको पोस्टलाई मात्रै मान्छ ! अर्थात यदि कसैले तपाइले शेयेर गरेको लिंक अरु ब्राउजर् जस्तै Google Chrome, Opera Mini आदि बाट हेरिएको छ भने तपाइले पैसा पाउनु हुदैन ! मोबाईलबाट लिंक हेर्दा Instant Article बाट पोस्ट गरिएको हो वा होइन भनेर छिन्न सकिन्छ !

एकपटक यो फोटो हेर्नुहोला :



आगामी दिनहरुमा Instant Article को बारेमा अझै लेख र यसमा कसरि काम गर्ने भन्ने कुराको बारेमा जानकारी दिदै जानेछौ, हाम्रो वेबसाईट हेर्दै गर्नुहोला !

यो पनि पढ्नुहोस:

आफ्नो वेबसाईट आफै बनाउनुहोस् 
फेसबुक पेज बनाई आफ्नो पेजको विज्ञापन आफै गर्नुहोस 

Post a Comment