मोडलिंगमा भिड्ने धेरै अभिनय प्रेमी मानिसहरुको इच्छा हुन्छ ! त्यस्तै इच्छा राख्ने एक व्यक्ति हुन् बर्दघाट २ चिसापानी निवासी नविन चितौरे ! आफ्नो सोहि इच्छालाई सार्थक उनि प्रयासरत छन् ! बाल्यकाल देखि नै अभिनय र कलाकारिता रुचाउने चितौरे विद्यालय जीवनदेखि नै आफ्नो कलाकारिता देखाएर पुरस्कृत र सम्मानित हुदै आएका छन् !
२०४९ सालमा पर्वत जिल्लाको माझ गाउँमा जन्मिएका नविन पर्दामा देखिन थालेको भने २ बर्ष भन्दा बढी मात्र भएको छ ! उनि विभिन्न लोकप्रिय दोहोरि गीत र केहि फिल्महरुमा समेत देखा परिसकेका छन् ! गुरुआमा, छोटो चलचित्र- 'चुनावी चटारो', तिम्रो दिलमा कुन छ? जस्ता लोकप्रिय फिल्म एवंम सांगीतिक एल्बमहरुमा सफल अभिनय गरिसकेका नविन अझै पनि अभिनयको क्षेत्रमा तत्पर भई अन्य फिल्महरुको
शुटिंगमा व्यस्त छन् ! उनि भन्छन " कुशल कलाकारिता नै सच्चा कलाकारको पहिचान हुन्छ र सोहि पहिचानलाई नेपाली दर्शकहरुले स्वदेशी कलाकारहरुमा खोज्नुपर्छ ! दर्शकहरुको माया र साथलेनै कलाकार भित्र उर्जा भरिरहेको हुन्छ !

Post a Comment
Post a Comment