Ads (728x90)


रक्तदान नै जिवनदान यहि नारालाई आत्मसात गर्दै हेन्डसम सुनार र ब्युटिफुल सुनारर्निले मंगलबार पोखरामा आयोजना गरेका रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । सामजिक संजाल यो ग्रुपले गत बर्ष जस्तै यस बर्ष पनि आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरेका होे । कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष,जिल्ला दलित समन्वय समिति तथा केन्द्रिय सदस्य नेपाल सुनचाँँदी ब्यवसाय संघका दुर्गा बहादुर सुनारले पहिलो रक्तदाता गोकर्ण सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सामजिक संजाल फेशबुक ग्रुप मार्फत हेन्डसम सुनार र ब्युटिफुल सुनारर्निले स्वस्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुराउने हेतुले आयोजना गरेको यस्तो सरानिय काम ले आम युवालाई नै प्रोशाहन दिने  बताए ।

   रक्तदान कार्यक्रमका संयोजक दिपेन्द्र सुनारले रक्तदान कार्यक्रमका साथ साथै विगतका बर्षहरुमा धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग, बृद्रश्रमलाई सहयोग, र बिभिन्न स्कुलमा स्टेशर्नरी बितरण समेत यो ग्रुपले सहयोग गरेको जानकारी गराए ।ग्रुपका अध्यक्ष सरु सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथि अध्यक्ष नेपाल सुनचाँँदी ब्यवसाय संघ कास्की तथा पोखरा लेखनाथ महानगरपालिका वडा न. २८ का अध्यक्ष निर्मल दियाली ,अतिथिद्रय सुनचाँँदी ब्यवसाय संघका कास्की का महासचिब मन बहादुर लानगाधे र मेघा एफ.एमका प्रबन्ध निर्देशक देशभक्त सिंह कुँवर ले रक्तदानका बिषयमा बोलेका थिए भने कार्यक्रमको संचालन उदय कार्कीले गरेका थिए ।

फोटो फिचर: 






























Post a Comment