रवि पाण्डे
नवलपरासीः नवलपरासीको बर्दघाट नगरपालिकामा ८२ जना निर्वाचित हुने स्थानीय जनप्रतिनिधिका लागि ३ सय ६२ जनाको उम्मेदवारी परेको छ । जसमा १३ जना मेयर ९ जना उपमेयर ७३ जना वडाध्यक्षको उम्मेदवारी परेको छ । ७३ जनामा १६ वटा वडाबाट १६ जना वडाध्यक्ष निर्वाचित हुनेछन् । त्यस्तै अन्य वडा सदस्यमा १३९ जना, महिलामा ६७ जना, दलित महिलामा ६० जना , गरी ३ सय ६२ जना को उम्मेदवारी परेको निर्वाचन अधिकृत बलराम अर्यालले बताउनुभयो । त्यस्तै बर्दघाटमा १० वटा दलले उम्मेदवारी दिएका छन् । यहां नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी , क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक फोरमले मेयर उपमेयर दुबै पदमा उम्मेदवारी दिएका छन् । तर नयां शक्तिले मेयर र नेकपा माक्र्सवादीले उपमेयरमा मात्र उम्मेदवारी दिएको जनाइएको छ । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी सम्बद्ध देजमो र नयांशक्ति र माक्र्सवादीले स्वतन्त्र समूहबाट उम्मेदवारी दिएका हुन । त्यस्तै स्वतन्त्रबाट लेखा पढी ब्यवसायी निलकण्ठ पौडेल ,मदनराज पौडेल गोकर्ण शर्मा र खगेश्वर रिमालको पनि उम्मेदवारी परेको बताइएकोछ । उम्मेदवारी परेका मध्ये कन्हैया थारुको रित नपुगेका कारण उम्मेदवारी पूरा हुन नसकेको जनाइएको छ ।

Post a Comment
Post a Comment