नमस्कार साथीहरु !!
के तपाई युटुबमा भिडियो अपलोड गरेर पैसा कमाउने सोच गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाईहरुको लागि दुखको समाचार छ ! युटुबले आफ्नो पोलिसी परिवर्तन गरेको छ ! नयाँ नियम अनुसार अब उप्रान्त दश हजार लाईफ टाईम भ्युअर नभएको युटुब अकाउन्टमा मनेटाईज गर्न मिल्दैन ! यस नियमले जसको दश हजार लाईफ टाईम भ्युअर पुगेको छैन, उनीहरुलाई प्रत्यक्ष प्रभाव पार्नेछ ! अझ तपाई भर्खरै सुरु गर्दै हुनुहुन्छ भने त तपाईलाई अझ धेरै गाह्रो हुनेछ !
किन ल्यायो Youtube ले यस्तो Policy?
यदि तपाई Online Job को लागि नयाँ हो भने त सबैभन्दा पहिला हामीले अनलाईनबाट कसरि पैसा कमाउछौ भन्ने कुरा बुझ्नु जरुरि छ ! ठुला ठुला बिदेशी (कुनै कुनै स्वदेशी पनि) कम्पनिहरुले आफ्नो बिज्ञापन गर्नको लागि त्यस्तो माध्यम खोजिराखेका हुन्छन जहाँ धेरै मान्छेहरुको ध्यान केन्द्रित हुन्छ ! उनीहरुले त्यस्ता अनलाईनबाट सेवा सुविधा दिने कम्पनिहरुलाई आफ्नो बिज्ञापन गरिदिन निश्चित रकम दिन्छन र त्यस्ता अनलाईन वेबसाईट (जस्तै युटुब) हरुले हामीलाई उनीहरुको बिज्ञापन देखाईदिन्छन ! सोहि रकमको थोरै प्रतिशत युटुबले आफुले राखेर हामीलाई दिन्छ !
| युटुब च्यानलमा राखिएको अश्लिल सामाग्रीको उदाहरण |
यसैको फाईदा उठाएर धेरैले Copyright गरेको Content हरु राख्ने, अश्लिल सामाग्रीहरुको भिडियो बनाएर हाल्ने, अनैतिक कुराहरु, झुटा समाचारहरु आदि राख्ने गरेर मनग्गे आम्दानि गर्ने प्रवृत्ति पछिल्लो समयमा हावी हुदै गइरहेको थियो ! कतिपय कम्पनिहरुले अश्लिल भिडियोमा आफ्नो कम्पनीको बिज्ञापन देखाईएको ले असन्तुष्टि व्यक्तगरे ! फलस्वरूप कतिपय कम्पनीहरुले युटुबबाट आफ्नो बिज्ञापन हटाउन थाले ! जसले गर्दा युटुबको बिज्ञापन भविष्य धरासायी हुनेभयो ! त्यसैलाई मध्येनजर गर्दै युटुबले आफ्नो पोलिसी परिवर्तन गरेकोछ ! अब तपाईले आफ्नो युटुब भिडियोमा बिज्ञापन देखाउनको लागी 10000 Lifetime Viewer हुनुपर्नेछ, अन्यथा भिडियो monetize गर्न सकिनेछैन ! त्यति मात्रै होइन, तोकिएको Viewer पार गरिसकेपछि तपाई अर्को चरणमा पुग्नुहुनेछ, जहाँ युटुबले तपाईको च्यानललाई Analyze गर्नेछ, तपाईको च्यानलमा युटुब पोलिशी तोड्ने कुनै Content छ/छैन युटुबले हेर्नेछ !
युटुबले नया पोलिशीले युटुबमा बढ्दै गई रहेको अनैतिक गतिविधिहरु रोकिने बिश्वास लिएको छ ! अब यसको परिणाम के कस्तो आउनेछ त्यो समयले बताउला तर यदि तपाई युटुबमा आफ्नो करियर बनाउन चाहानुहुन्छ भने तपाई ढुक्क संग काम गर्न सक्नुहुन्छ ! तर काम गर्दा युटुब पोलिसीलाई ख्याल गर्नुपर्ने हुन्छ ! भविष्यमा अझ नया नया पोलिसीहरु आउन सक्छ, तर ति सबैको उदेश्य गलत काम रोक्ने नै हुनेछ, त्यसैले आजैबाट युटुबमा गलत कुराहरु अपलोड गरेर, अरुको भिडियो/कपि राईट भिडियो हालेर पैसा कमाउने सोच छाडीदिनुस !

Post a Comment
Post a Comment