नमस्कार साथीहरु !!
हामी धेरै अनलाईन जब गर्छौ, अनलाईन जब बाट पैसा कमाउनु त्यति ठुलो कुरा होईन, जति ठुलो कुरा त्यहाँ बाट पैसा निकाल्नको लागि समस्या हुन्छ ! कतिलाई थाहा नहुन सक्छ कसरि पैसा निकाल्ने भनेर ! कतिले सानो भन्दा सानो कुरा नजानेको भएर समस्या भोग्नु परेको हुन सक्छ !
नेपालमा उपलब्ध बैंक हरुले हामीले गर्ने अनलाईन जबको पैसा दिने कुनै व्यवस्था गरेको छैन ! त्यसैले गर्दा धेरै समस्या भोग्नुपरिरहेको छ ! त्यसैले आनुहोस, हामी Skrill को माध्यमबाट अनलाईन जबबाट गरिएको पैसा कसरि निकाल्न सकिन्छ भन्ने बारे बुझौ !
सबै भन्दा पहिला तपाईले Skrill को Website मा गएर आफ्नो खाता खोल्नुपर्ने हुन्छ ! त्यसको लागि यहाँ क्लिक गर्नुहोस अथवा यो लिंकमा जानुहोस: https://account.skrill.com/signup?rid=83663075
अब तपाई Skrill को आधिकारिक Website मा पुग्नुहुनेछ ! अब Open a Free Account मा क्लिक गर्नुहोस :
अब खाता खोल्ने फारम खुल्छ र त्यहाँ तपाईले आफ्नो Email राखेर तल Password लेखेको ठाउमा Password राख्नुस र तल पनि त्यहि Password राखेर Next मा क्लिक गर्नुहोस :
अब Next गरेपछि अर्को फारम खुल्नेछ, जहाँ तपाईको नाम (कृपया नागरिकता अनुसार को राख्नुहोला) अनि थर (Surname) राख्नुपर्नेछ ! त्यसपछि जन्म मिति (इश्वी संवत AD मा) राख्नुपर्नेछ ! त्यसपछि Next मा क्लिक गर्नुहोस !
अब अर्को फारममा I live in लेखेको ठाउमा Nepal (अथवा जहाँ बस्नुहुन्छ) र I Use लेखेको मा तपाईले प्रयोग गर्ने पैसाको किसिम; जस्तै $ (डलर) रोज्नुस ! र Next गर्नुस :
अब अर्को फारममा तपाईको ठेगानाको विवरण सोध्नेछ, जहाँ Address 1 मा तपाईको गाउको नाम, Address 2 मा गाविस/न.पा. लेख्न सक्नुहुन्छ, त्यस्तै गरि Postal Code को ठाउमा तपाईको नजिकको ठाउको पोस्टल कोड राख्नु पर्ने हुन्छ, यदि तपाईलाई थाहा छैन भने यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ :
अब तपाईले आफ्नो मोबाईल नम्बर यहाँ राख्नुपर्ने हुन्छ, आफ्नो मोबाईल नम्बर लेखि I am not a robot लेखेको ठाउमा Tick लगाई I agree to........... लेखेको ठाउमा पनि Tick लगाउनुस अनि Open Account गर्नुस :
अब तपाईको Account तयार भयो र Congratulations ! Screen देख्न सक्नुहुन्छ, अब Continue to my account मा क्लिक गर्नुस:
अब तपाईले आफ्नो Skrill खातामा E Sewa लाई जोड्न सक्नुहुन्छ, यदि तपाईको E Sewa को खाता छैन भने यहाँ गएर बनाउन सक्नुहुनेछ,
अब Skrill मा E sewa लाई जोडनको लागि Mobile Wallet मा क्लिक गर्नुहोस :
अब Add Mobile Wallet मा क्लिक गर्नुहोस:
अब एउटा सानो Window खुल्छ, जहाँ, Mobile Operator को ठाउमा E sewa देख्न सक्नुहुन्छ र Phone no मा तपाईले E Sewa बनाउदा प्रयोग गरेको मोबाइल नम्बर राख्नुपर्छ ! अनि त्यसपछि Save गर्नुहोस !
अब तपाईको E Sewa को खाता Skrill मा जोडिनेछ र तपाईले bidverteiser/ yllix आदि अनलाइन जब बाट कमाएको पैसा Skrill मा पठाएर Skrill बाट E Sewa मा पठाएर प्राप्त गर्न सक्नुहुनेछ !!
साथीहरु, तपाईलाई यो पोस्ट कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने तपाईको फेसबुक मार्फत शेयेर गरि सहयोग गरिदिनुहोला, यदि तपाई नेपाली भाषामा भिडियो मिक्सिंग तथा कम्प्युटर सम्बन्धि धेरै ज्ञान प्राप्त गर्न चाहानुहुन्छ भने हाम्रो Youtube Channel मा जान सक्नुहुनेछ, त्यसको लागि यहि ब्लग को होमपेजमा लिंक दिईएको छ !











Post a Comment
Dear suraj invalid email adress vanxa email I'd handa
Post a Comment