नमस्कार साथीहरु !
सायद तपाईहरुले सुन्नुभएकै होला कि फेसबुक बाट पैसा कमाउन सकिन्छ भनेर ! कतिले अनलाईन जबको नाममा कम्पनिनै खोलेर पनि बस्नुभएको छ ! तपाईले फेसबुक चलाईरहदा तपाईको टाईमलाईनमा पनि कहिले काही त्यस्तै पोस्ट देख्नुभएको होला जहाँ "फेसबुकबाट पैसा कमाउने तरिका" भन्दै पोस्ट आएको हुन सक्छ ! हामि केहि नबुझी त्यहाँ क्लिक गर्ने गर्छौ, जसले गर्दा तपाईले त होईन, बरु उनीहरुले भने टन्न पैसा कमाउछन, उनीहरुले आफ्नो पेजको भिजिटरको संख्या बढाउदै जान्छन ! तर के उनीहरुले भने झैँ फेसबुकबाट पैसा कमाईनेनै हो त ? या उनीहरु झुटो कुराहरु लेखिरहेका छन् ! वा उनीहरु मात्र आफ्नो पेजको दर्शक संख्या बढाउनको लागि त्यसो गरिरहेका छन् ? आउनुहोस है त कुरा के रहेछ बुझौ !
सायद तपाईहरुले सुन्नुभएकै होला कि फेसबुक बाट पैसा कमाउन सकिन्छ भनेर ! कतिले अनलाईन जबको नाममा कम्पनिनै खोलेर पनि बस्नुभएको छ ! तपाईले फेसबुक चलाईरहदा तपाईको टाईमलाईनमा पनि कहिले काही त्यस्तै पोस्ट देख्नुभएको होला जहाँ "फेसबुकबाट पैसा कमाउने तरिका" भन्दै पोस्ट आएको हुन सक्छ ! हामि केहि नबुझी त्यहाँ क्लिक गर्ने गर्छौ, जसले गर्दा तपाईले त होईन, बरु उनीहरुले भने टन्न पैसा कमाउछन, उनीहरुले आफ्नो पेजको भिजिटरको संख्या बढाउदै जान्छन ! तर के उनीहरुले भने झैँ फेसबुकबाट पैसा कमाईनेनै हो त ? या उनीहरु झुटो कुराहरु लेखिरहेका छन् ! वा उनीहरु मात्र आफ्नो पेजको दर्शक संख्या बढाउनको लागि त्यसो गरिरहेका छन् ? आउनुहोस है त कुरा के रहेछ बुझौ !
कुनैपनि बिज्ञापनदाताले आफ्नो बिज्ञापन त्यहाँ दिन्छ जहाँ धेरै जनाको पहुच हुने गर्छ ! अर्थात जुन ठाउँमा सबैको पहुच हुन्छ, त्यहाँ बिज्ञापनदाताले बिज्ञापन दिन्छन, र उनीहरुलाई पनि बिज्ञापन दिएपछि फाईदा हुनेगर्दछ ! यस अर्थमा पनि फेसबुकमा धेरै मानिसहरुको पहुच हुने भएकाले आजभोली फेसबुक बिज्ञापनको लागि भरपर्दो माध्यम बनिरहेको छ ! फेसबुकमा राखिएका बिज्ञापन फेसबुक चलाउने साधारण देखि ठुला व्यक्तिहरु सम्म पुग्ने गर्दछ ! त्यसैले आजभोली फेसबुकमा बिज्ञापन गर्ने गरिन्छ !
कसरि गरिन्छ फेसबुकमा बिज्ञापन ?
फेसबुकमा आफ्नो आवश्यकता अनुसारको पेज बनाउने सुविधा दिएको हुन्छ,(पेज बनाउने तरिका को लागि यहाँ क्लिक गर्नुहोस ) सोहि पेजलाई आधार बनाएर पेजमा लाईक बढाउने उपाए गरिन्छ ! कसैले सुरुमा अश्लिल नामको पेज बनाउने र पछी पेज लाईक धेरै भएपछी सो अश्लिल कुराहरु हटाएर बिज्ञापन गर्ने पनि गरेको पाइन्छ ! त्यस्तै कतिले भगवानको फोटो राखेर, कतिले दुख पाएका व्यक्तिहरुको फोटो राखेर पनि आफ्नो पेजको लाईक बढाउने गरेको पाईन्छ ! त्यसो गर्नुको एकमात्र उद्देश्य भनेको पेजमा लाईक बढाउनु हो !
के हुन्छ पेजमा लाईक बढाएर ?
जब कुनैपनि फेसबुक प्रयोगकर्ताले तपाईको पेज लाईक गर्छ भने उसले तपाईको हरेक पोस्ट एकचोटी देखेकै हुन्छ ! अर्थात उसको News Feed मा तपाईको पोस्ट देखिनेछ ! यदि तपाईको पेजमा १००० लाईकरस छन् भने तपाईको पोस्ट ति १००० जनाले अवश्य देख्छन (यदि ति सबै व्यक्तिहरुको फेसबुक आईडी खुलेको छ भने) ! त्यसैले जति धेरै लाईकर्स, उति धेरै विज्ञापन !!
के हामीले गरेको बिज्ञापन सहि व्यक्तिले हेरिराखेको हुन्छ त?
नहुन पनि सक्छ ! तपाईको पेज लाईक गर्ने व्यक्ति जुनसुकै ठाउको पनि हुन सक्छ ! यदि तपाई विश्वव्यापी बिज्ञापन गर्दै हुनुहुन्छ भने त केहि भएन तर यदि स्थानीय स्तरको बिज्ञापन गर्दै हुनुहुन्छ भने सहि व्यक्ति सम्म विज्ञापन नपुगेको पनि हुन सक्छ ! मानौ तपाईको पेजको लाईकर्स १००० जना छन्, अर्थात १००० जनाले तपाईको पेज लाईक गरेका छन्, ति मध्य ७०० जना बिदेशी छन् भने त्यस्तो अवस्थामा तपाईले नेपालको लागि मात्र उपयुक्त कुनै बिज्ञापन आफ्नो पेज मार्फत पोस्ट गर्नुभयो भने मात्र ३०० जनाको लागि मात्र प्रभावकारी हुनेछ, बाकि ७०० जनाको संख्यात्मक रुपमा धेरै भएपनि उनीहरुको केहि अर्थ रहदैन !
त्यसो भए के बिज्ञापन प्रभावकारी हुदैन?
होईन, फेसबुकको बिज्ञापन एकदमै प्रभावकारी हुन्छ, तर तपाईले फ्रीमा पेज लाईकर्स बढाएर मात्र होइन ! फेसबुकले तपाईले गरेको कुनैपनि पोस्ट लाई Boost गर्ने सुविधा दिएको हुन्छ ! अर्थात तपाईले आफ्नो पोस्टको केहि शुल्क फेसबुकलाई दिनुभयो भने फेसबुकले धेरै संख्यामा हाम्रो पोस्ट देखाईदिनेछ ! त्यति मात्र होईन, Boost Option मा कुन ठाउमा देखाउने? कति देखि कति उमेर सम्मको लागि देखाउने ? कुन कुरामा रुची भएकाहरुलाई देखाउने आदि धेरै विकल्प दिएको हुन्छ र सोहि व्यक्तिहरुलाई मात्र पोस्ट देखाईदिनेछ !
त्यसो भए के फेसबुकलाई पैसा दिने मात्र हो, आम्दानि हुदैन?
झट्ट हेर्दा फेसबुकबाट कुनै आम्दानि हुदैन ! अर्थात फेसबुकले सिधै हामीलाई पैसा दिदैन ! बरु उल्टै हामीले फेसबुकलाई पैसा दिनुपर्छ ! तर यदि तपाईले कुनै राम्रो पेज बनाउन सक्नुभयो भने र तपाइँको पेजले राम्रो भिजिटर पायो भने तपाईले कुनै ब्राण्ड संग बिज्ञापन माग्न सक्नुहुन्छ ! त्यस्तै: Youtube, Blog, wordpress, etc. बाट गरेको थोरै आम्दानि फेसबुकमा लगानी गरेर फेसबुक बिज्ञापन एजेन्सी खोलेर पैसा कमाउन सक्नुहुन्छ ! त्यस्तै यदि तपाई Youtube वा ब्लग बनाएर आम्दानि गर्दै हुनुहुन्छ भने Youtube, Blog को प्रचारको लागि पनि फेसबुक पेज राम्रो माध्यम हो, किनभने सर्च इन्जिन (जस्तै गुगल) मा तपाईको ब्लग राम्रो संग नदेखाउन सक्छ ! त्यसैले तपाईको पेजमा धेरै लाईकर्स छन् भने तपाईको ब्लग/युटुबको भिजिटरको संख्या पनि बढ्छ ! र उता पनि आम्दानि बढ्छ ! अहिले नेपालमा अनलाईन जब यसरि नै चलाईराखेका छन् !
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस :
साथीहरु तपाईहरुलाई यो पोस्ट कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने आफ्नो फेसबुक मार्फत शेयेर गर्न नभुल्नुहोला ! केहि नबुझेको कुराहरु छन् भने तल कमेन्ट बक्समा लेख्नुहोला ! यदि तपाई हामीलाई फेसबुकमा भेट्न चाहानुहुन्छ भने यसै ब्लगको होमपेजमा गएर पेज लाईक गरि जोडिन सक्नुहुन्छ ! त्यस्तै तपाई Youtube बाट पैसा कमाउने तरिका वा भिडियो मिक्सिंगको कोर्ष लगायत कम्प्युटर कोर्ष नि:शुल्क सिक्न चाहानुहुन्छ भने यहि ब्लग को होमपेजमा गएर Subscribe गर्न सक्नुहुन्छ वा यहाँ क्लिक गर्नुहोस !

Post a Comment
Post a Comment