Ads (728x90)

नमस्कार साथीहरु !

 सायद हामीलाई थाहा नै होला, डोमेन भनेको के हो भनेर ! कुनैपनि वेबसाईट बनाउनुभन्दा पहिले हामीले डोमेन किन्नुपर्छ ! नेपालमा धेरै डोमेन बेच्ने साईटहरु छन्, जसले मासिक वा बार्षिक शुल्क लिएर हामीलाई डोमेन दिन्छन ! तर तपाइँलाई थाहा नहुन पनि सक्छ कि नेपाल सरकारले नेपाली व्यक्ति वा संस्थाको लागि फ्री डोमेन दिन्छ भनेर ! आज हामि त्यहि कुराहरु हेर्नेछौ ! कसरि नेपाल सरकारले दिने फ्री डोमेन लिने भनेर !



   सबै भन्दा पहिला यदि तपाई कुनै संस्थाको वेबसाईट बनाउदै हुनुहुन्छ र त्यसको लागि डोमेन खोज्दै हुनुहुन्छ भने त्यो संथाको आधिकारीक प्रमाणहरुको स्क्यान गरेको फाईल हुनुपर्छ ! अथवा तपाई व्यक्तिगत रुपमा डोमेन लिन चाहानुहुन्छ भने तपाई संग driving लाइसेन्स वा नागरिकता को स्क्यान फाईल हुनुपर्छ ! यी सबै भएको खण्डमा तलको प्रोसेस गर्नुहोस:



सबै भन्दा पहिला यो लिंक मा जानुहोस : http://register.mos.com.np/ वा यहाँ क्लिक गर्नुहोस ! त्यसपछि तपाई डोमेन दिने साइटमा पुग्नुहुनेछ ! त्यसपछि बायातर्फ Step 1 अन्तर्गत Check Domain Availability लेखेको देख्नु हुनेछ, त्यहाँ आफुलाई मन परेको Domain लेख्नुहोस, जस्तै: shinysuraj त्यसपछि त्यसकै छेउ तर्फ रहेको Dropdown list बाट डोमेनको प्रकार (जस्तै:academy.np, com.np etc.) रोज्नुहोस, यदि तपाईले रोजेको डोमेन उपलब्ध छ भने (अर्थात त्यो नामको डोमेन पहिले कसैले बनाएको छैन भने) "Domain Available" भन्छ र रातो अक्षरमा "Drag this block to basket" भनेर लेखेको देख्नुहुनेछ, अब "Domain Available" लेखेको लाई क्लिक गरेर नछोडीकन Step 2 लेखेको खानामा "Add Domain to Basket" लेखेको ठाउमा लगेर छाडीदिनुहोस !

अब Step 3 अन्तर्गत तल पट्टि Register Your Username लेखेको ठाउमा "Choose Your Username For Login" लेखेको ठाउमा Username राख्नुहोस (युजरनेम तपाईको नागरिकतामा भएको नाम राख्नुहोस) राख्नुहोस र UserEmail लेखेको ठाउमा तपाईको इमेल राख्नुहोस, त्यसको तलपट्टि "Confirm Email" लेखेको ठाउमा फेरी त्यहि इमेल राख्नुहोस ! त्यसपछि "Register" मा क्लिक गर्नुहोस !

त्यसपछी तपाईको इमेल बक्समा एउटा इमेल आउनेछ, तपाईले अघि राखेको इमेलमा लगिन गरेर त्यो इमेल Check गर्नुहोस !
त्यसपछि तल पट्टि दिएको निलो लिंकमा क्लिक गर्नुहोस :
अब हामि फेरी डोमेन रजिस्टर गर्ने वेबसाईटमा पुग्नेछौ र अब त्यहाँ तपाईलाई तपाईको First Name, Last Name, Password र Confirm Password सोध्नेछ, First Name मा आफ्नो नागरिकताको नाम राख्नुहोस, Last Name मा सोहि अनुसारको थर लेख्नुहोस त्यसपछि Password लेखेको ठाउमा पासवार्ड र Confirm Password लेखेको ठाउमा पुन: त्यहि पासवर्ड लेख्नुस र "Submit" लेखेको ठाउमा क्लिक गर्नुहोस !






अब अघि राखेको Username र Password प्रयोग गरेर Login गर्नुहोस :

अब Admin Name मा तपाईको नागरिकता अनुसारको नाम, Admin Address मा तपाईको नागरिकता अनुसारको ठेगाना, Admin Phone मा तपाईको फोन नम्बर, Admin Mobile No: मा तपाईको मोबाईल नम्बर लेख्नुहोस, यदि तपाई कुनै कम्पनिको डोमेन रजिस्टर गर्दै हुनुहुन्छ भने तल पट्टिको फाराम भर्नुहोस् त्यसपछि "Submit" मा क्लिक गर्नुहोस :



अब को Step भनेको सबैभन्दा महत्वपुर्ण Step हो, अब तपाईले आफ्नो नागरिकतालाई स्क्यान गरेर कम्प्युटरमा राख्नुहोस (याद राख्नुहोस, त्यसको साईज 800kb भन्दा माथि हुनु हुदैन र त्यसको Format JPEG हुनुपर्छ), अब त्यो फाईललाई त्यहाँ दिईएको Note को 3. no अनुसारले Rename गर्नुहोस, जस्तै यहाँ: d3film.com.np_citizenship.jpg, d3film.com.np_license.jpg, d3film.com.np_companyregistration.jpg अब Select File लेखेको ठाउमा क्लिक गरेर त्यो फाईल रोज्नुहोस र Upload मा क्लिक गरि अपलोड गर्नुहोस :



अब Name Server भन्नाले हामीले बनाएको वेबसाईटलाई Host गर्ने (राख्ने) कम्पन्नीले दिईको ठेगाना हो ! यस्ता Host गर्ने धेरै कम्पनिहरु हुन्छन जसले यो ठेगाना तपाईलाई दिएको हुन्छ ! जसले मासिक/बार्षिक शुल्क लिएर तपाईको Website Host गरिदिन्छन ! यदि तपाई फ्री मा Host गर्न चाहानुहुन्छ भने Internet मा थुप्रै Free Hosting Site हरु पाउन सक्नुहुन्छ ! जस्तै उदाहरणको लागि : freehosting.com, यदि तपाई ब्लग Host गर्न चाहानुहुन्छ भने freedns.com आदि ! freehosting.com को लागि primary nameserver:  ns1.freehosting.com  अनि Secondary Nameserver: ns2.freehosting.com राख्नुपर्छ !


अब फेरी एकपटक तपाईको Username र Password राखी लगिन गर्नुहोस :


अब 48 Hr भित्र यदि तपाईको सबै Information सहि भयो भने तपाईको Domain Approve भएको तपाईलाई इमेल आउनेछ ! यदि भएन भने Disapprove भएको इमेल आउनेछ र फेरी यहि प्रक्रिया दोहोर्याउनु पर्नेछ ! Approve भएपछी तपाईले Host गर्ने साईटको Control Panel मा गएर आफ्नो साईट Host गरि संचालन गर्न सक्नुहुनेछ ! यसबारे थप कुराहरु आगामी पोस्टहरुमा लेखिनेछ ! तपाईलाई यो पोस्ट कस्तो लाग्यो? केहि नबुझेको कुराहरु भएमा तल कमेन्ट बक्समा लेख्नुहोला, यदि तपाई भिडियो हेरेर सिक्न चाहानुहुन्छ भने यहाँ क्लिक गरेर हाम्रो Youtube Channel मा गई सिक्न सक्नुहुनेछ ! कृपया हेरिसकेपछि Subscribe/share गर्न नभुल्नुहोला !


Post a Comment