Ads (728x90)

नमस्कार  साथीहरु !

  तपाई  कम्प्युटरमा  आफ्नो फाईलहरु कसरि  खोज्नुहुन्छ? सायद हामी मध्य कतिलाई थाहा  होला, कतिलाई थाहा नहोला, तर हामीले कम्प्युटरको फाईलहरुलाई अथवा फोल्डरहरुलाई केहिछिन मै खोज्न  सक्छौ, जसले गर्दा तपाईको अमुल्य समय बच्न सक्छ, अझ कहिलेकाही त  यति  हतार  भैदिन्छ कि फाइल खोज्न घन्टौ समय लागिदिन्छ, तर हामीले थोरै दिमाग लगायौ भने कम्प्युटरको कुनैपनि कुनामा रहेको फाइल हामीले केहि मिनट मै भेट्न सक्छौ, त्यसैले कसरि हामीले फाईलहरु खोजेर भेट्न सक्छौ, आउनुहोस हेरौ :



   सबैभन्दा पहिला  त हामीलाई कुन फाईल वा फोल्डर खोज्ने हो त्यसको नाम थाहा हुनुपर्छ, त्यस्तै यदि फाईल हो भने तपाईलाई त्यो फाईल को किसिम (Extension) थाहा हुनुपर्छ, यदि तपाईलाई त्यसको Extension Name थाहा छ भने अझ छिटो खोज्न सक्नुहुन्छ ! हामीले फाईलहरुको फर्म्याटको बारेमा अघिल्लो पोस्ट मा लेखिसकेका छौ, तपाई यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ, अथवा बेसिक कम्प्युटर को Category मा गएर खोज्न सक्नुहुन्छ !

तपाईले फाईलहरु My Computer भित्र, अथवा कुनै एउटा Drive भित्र (जस्तै: C:,D:,E: etc.), वा कुनै एउटा फोल्डर भित्र खोज्न सक्नुहुन्छ !










सबै भन्दा पहिला My Computer लाई खोल्नुहोस, (Win Key+E थिचेर पनि खुल्छ), त्यसपछि यदि तपाई Sure हुनुहुन्न कि C:, D:, E: Drive को मध्य कुन ठाउमा छ भनेर भने तपाई My Computer बाटै सम्पूर्ण Drive हरुमा खोज्न सक्नुहुन्छ, यदि C:, D:, E: etc Drive मध्य कुनै एउटा मा छ जस्तो लागेमा त्यो Drive खोलेर त्यो Drive मा खोज्न सक्नुहुन्छ, यदि त्यो Drive भित्र पनि कुनै फोल्डर भित्र छ भन्ने थाहा छ भने त्यो फोल्डरमा मात्र पनि खोज्न सक्नुहुन्छ जसले गर्दा तपाईको समय बच्न सक्छ र अझ छिटो त्यो फाईल भेट्न सक्नुहुन्छ !
त्यसपछि दाया पट्टि माथितिर Search Computer लेखेको ठाउमा आफुले खोजेको फोल्डर को नाम वा फाईलको नाम लेखिदिनुस, त्यसपछि कम्प्युटरले त्यो फाईल/फोल्डर खोज्न सुरु गर्नेछ र केहिछिन मै तपाईले लेखेको नाम संग मिल्ने नाम भएको फाईल/फोल्डरहरु त्यहा देखाईदिनेछ !







(माथिको चित्रमा "Suraj" नाम भएको फोल्डर/फाईल खोज्दा सो नाम भएको फाईल/फोल्डर देखाएको छ)

यदि तपाई कुनै एउटा किसिमको फाईल मात्र खोज्न चाहानुहुन्छ भने asterisk mark (*) त्यसपछि डट (.) त्यसपछि त्यो फाईलको Extension लेख्नुभयो भने मात्र त्यहि किसिमको फाईलहरु आउनेछन् जस्तै: तपाईलाइ फोटो मात्र खोज्नु छ भने हामीलाई थाहा छ कि फोटो को बढी प्रचलित Extension भनेको JPEG हो त्यसैले *.JPEG Type गर्नुभयो भने फोटोहरु मात्र आउनेछन् , त्यस्तै भिडियो को लागि *.MP4, (अथवा भिडियो को फर्म्याट AVI, MOV, 3gp etc.) लेख्यो भने त्यहि किसिमको फाईल मात्र देखाउनेछ ! त्यस्तै  Notepad फाईलको लागि txt, Ms word को लागि DOC/DOCX etc. लेख्न सक्नुहुन्छ !



(माथिको चित्रमा *.JPG टाईप गर्दा फोटोहरु मात्र देखाएको छ)





यसै तरिकाको प्रयोग गरेर तपाईहरुले हराएको फाईल खोज्न सक्नुहुनेछ ! त्यस्तै कसैले भुलवश कुनै फाईल वा फोल्डरको ठाउ परीवर्तन गरिदिए पनि सो ठाउ पत्ता लगाउन सकिन्छ, त्यसको लागि त्यो फाईल वा फोल्डरमा Right Click गरि Open File Location मा क्लिक गर्नुभयो भने त्यो फाईल/फोल्डर जुन ठाउमा छ, त्यहाँ पुग्नुहुनेछ !






साथीहरु तपाईहरुलाई यो पोस्ट कस्तो लाग्यो, राम्रो लागेमा आफ्नो फेसबुक मार्फत शेयेर गरि अरुलाई पनि जानकारी गराउनुहोला, त्यस्तै यदि केहि नबुझेको छ भने तल कमेन्ट बक्समा लेख्नुहोला, यदि तपाइँ हामीसग  Youtube मा जोडिन चाहानुहुन्छ भने यसै ब्लगको Homepage मा गई Subscribe गर्न सक्नुहुन्छ ! यस्तै अन्य जानकारीको लागि Visit गर्दै गर्नुहोला ! यहाँ सम्म आइ पुरा पोस्ट पढिदिनुभएकोमा धेरै धेरै धन्यवाद !!

Post a Comment