Ads (728x90)

नमस्कार साथीहरु !

  तपाई फोटो कत्तिको Edit गर्नुहुन्छ? हुन त आजभोली Android Application को सहाराले फोटोलाई Edit गर्न पनि सक्नुहुन्छ, तर कहिले काही हामीलाई अरुको फोटो भन्दा फरक फोटोहरु बनाएर फेसबुकमा राख्ने रहर पनि हुन्छ, तर त्यस्तो फोटो बनाउनको लागि तपाईलाई फोटो Edit गर्ने सफ्टवेरको बारेमा राम्रो ज्ञान भएको हुनुपर्छ ! तर यदि तपाईसंग Internet को सुविधा छ भने तपाई Photo Editing को कुनै जानकारी नभए पनि विभिन्न Effects दिएर फोटो बनाउन सक्नुहुन्छ ! त्यसैले आउनुहोस है त हेरौ कसरि गर्ने ?










   फोटो बनाउनको लागि सबैभन्दा पहिला तपाईको कम्प्युटरमा फोटो हुनुपर्छ, जुन तपाईले बनाउदै हुनुहुन्छ ! त्यसपछि तपाइँ https://photofunia.com मा जानुहोस, अथवा यहाँ क्लिक गर्नुहोस ! त्यसपछि तपाई Photofunia को होमपेज मा पुग्नुहुन्छ, त्यहा धेरै फोटोहरुको Effects देख्नसक्नुहुन्छ, जसमध्य तपाई आफुलाई मनपरेको कुनै एउटा Style मा क्लिक गर्नुहोस:




अब तपाईलाई आफ्नो फोटो रोज्न भन्नेछ, तपाइले Choose Photo मा क्लिक गर्नुहोस (यदि तपाई Web Cam बाट राख्न चाहानुहुन्छ भने त्यसकै छेउमा रहेको क्यामेरा को Icon मा क्लिक गर्न सक्नुहुन्छ :


अब तपाईलाई कम्प्युटरबाट अपलोड गर्नेहोकि (Upload), भर्खरै राखेको फोटोलाई नै Edit गर्ने हो कि (Recent), अथवा अनलाईनबाट (online) कुनै सामाजिक संजाल (Facebook,google drive etc.) बाट राख्ने हो वा Direct Web Cam बाट खिच्ने हो (Camera) त्यो सोध्छ, तपाई जहाँ बाट पनि आफ्नो फोटो छ भने यहाँ ल्याउन सक्नुहुन्छ, यहाँ अहिलेको लागि कम्प्युटरबाट अपलोड गरिदैछ :









अब तपाईलाई फोटो काट्न (Crop) गर्न भन्नेछ, यदि तपाईको फोटो जति राख्नुपर्ने हो त्यो भन्दा बढी छ भने अनावश्यक भागहरु काट्न वरिपरिको घेरालाई तन्क्यायेर मिलाउन सक्नुहुन्छ, त्यसपछि Crop मा क्लिक गर्नुहोस:

अब तपाई लगभग अन्तिम चरणमा हुहुनुन्छ, अब Effect सहितको फोटो हेर्नको लागि Go मा क्लिक गर्नुहोस:

अब तपाईको फोटो तयार भएको देख्नुहुनेछ, (तपाईको Internet को Speed अनुसार केहि समय पर्खनुपर्नेछ), अब त्यसलाई तपाईले Large , Regular वा small साइजमा Download गर्नसक्नुहुन्छ, अथवा Direct Facebook मा शेयेर गर्न सक्नुहुन्छ :

यसरि तपाईले आफ्नो अन्य फोटोहरुलाई Effects हरु राखेर बनाउन सक्नुहुन्छ त्यो पनि कुनै Photo Editing Knowledge बिना नै !





   साथीहरु तपाईहरुलाई यो पोस्ट कस्तो लाग्यो? सल्लाह तथा सुझावको सधै अपेक्षा रहनेछ, यदि कुनै नबुझेका कुराहरु छन् भने तल कमेन्ट बक्समा लेख्नुभएमा तपाईहरुको जिज्ञासा मेटाउने हाम्रो हर सम्भव प्रयास रहनेछ ! यदि तपाइँलाई यो पोस्ट मन परेको छ भने अरुलाई पनि शेयेर गरि सहयोग गरिदिनुहोला, हामि तपाईको आभारी हुनेछौ, यदि तपाई हामि संग Youtube मा जोडिन चाहानुहुन्छ भने यहि ब्लग को होमपेज मा गई Subscribe Button थिची जोडिन सक्नुहुन्छ ! हाम्रो यो पोस्ट पढी सहयोग गरिदिनुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ ! 

Post a Comment