नमस्कार साथीहरु !
आजभोली सामाजिक संजालको प्रयोग गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ ! त्यसमा पनि यसमा हरेक हरेक उमेरका, पेशा, धर्म आदिका मानिसहरु भेटिने हुदा जो कोहीलाई पनि यसबाट लाभान्वित भएकै छन् ! हुन त सामाजिक संजालले धेरै विकृतिहरु पनि ल्याएका छन् , तर त्यसलाई हामीले राम्रो तरिकाले प्रयोग गर्न सकेको खण्डमा यसबाट फाईदा लिन पनि सक्छौ ! वैशाख १२ को महाविनाशकारी भूकम्पको बेला सामाजिक संजालहरुले महत्वपूर्ण भूमिका खेलेको थियो ! त्यसैले यसको फाइदा धेरै छ ! आउनुहोस आज हामि फेसबुक पेज बनाएर आफ्नो व्यापार तथा व्यवसायलाई कसरि प्रवर्धन गर्ने भन्नेबारे हेरौ !
आजभोली फेसबुक बिज्ञापनको लागि गतिलो माध्यम बनेको छ ! अझ तपाईको व्यवसायको बिज्ञापन गर्नुपरेमा वेभ साईट नै चाहिन्छ भन्ने पनि छैन, तपाईले फेसबुक पेज बनाएर सजिलै आफ्नो व्यवसायको बिज्ञापन गर्न सक्नुहुन्छ ! कतिले त आजभोली फेसबुकबाट बिज्ञापन गर्ने एजेन्सीको काम पनि गर्न थालेका छन् ! त्यसैले हामि पनि फेसबुक पेज बनाउ है त !
फेसबुक पेज बनाउनको लागि तपाईलाई कुनै अर्को आईडी को आवश्यकता पर्दैन, तपाइले चलाईरहनु भएको आईडीले नै बन्छ, त्यसैले सबैभन्दा पहिला फेसबुकमा आफ्नो आईडी तथा Password राखेर लग ईन गर्नुहोस ! त्यसपछि माथि दाहिने पट्टि रहेको Arrow जस्तो Icon मा क्लिक गर्नुहोस त्यसपछि Create Page मा क्लिक गर्नुहोस :
अब तपाईलाई कस्तो किसिमको पेज बनाउन चाहानुहुन्छ, त्यो अनुसारको केहि Option दिन्छ, तपाईले जस्तो खालको पेज बनाउन चाहानुहुन्छ, त्यो Option रोज्नुस, जस्तै : यदि तपाई आफ्नो बिजनेस को पेज बनाउदै हुनुहुन्छ भने "Local Business or Place", यदि कुनै कम्पनि वा संघ संस्थाको लागि बनाउदै हुनुहुन्छ भने "Company, Organization or Institution", यदि कुनै ब्राण्डको लागि हो भने "Brand or Product", कुनै व्यक्ति (लेखक, कलाकार आदि) को लागि हो भने "Artist, Band or Public figure", मनोरंजन संग सम्बन्धित पेज बनाउने भए "Entertainment" वा कुनै सम्प्रदाय संग सम्बन्धित बनाउने भए Cause or Community मा क्लिक गर्न सक्नुहुन्छ !
यहाँ उदाहरणको लागि "Company, Organization or Institution" देखाईएको छ, त्यसपछि तपाईलाई तपाईको कम्पनीको किसिम (Category) सोध्छ, लिस्ट (Drop Down) बाट रोज्नुस, त्यसको तल तपाईको कम्पनीको नाम सोध्छ, लेखि Get Started मा क्लिक गर्नुहोस :
अब तपाई अर्को Setting मा पुग्नुहुनेछ, जहा तपाईले आफ्नो पेजको बारेमा केहि व्याख्या गर्नुपर्छ, त्यसको तल तपाइले आफ्नो Website/twitter link पनि जोड्न सक्नुहुन्छ ! त्यस्तै त्यो भन्दा अलि तल तपाईलाई Facebook Unique Name तपाईको पेजको लागि राख्नुपर्छ, जस्तै: हाम्रो पेजको लागि www.facebook.com/editvideo Type गर्नुभयो भने तपाई हाम्रो पेजमा पुग्नुहुनेछ, तपाईले राख्ने नाम पहिले नै अरुले राखेको भए तल चित्रमा देखाए जस्तै म्यासेज आउछ, जब सम्म मिल्दैन, फरक फरक नाम हरु राख्नुहोस त्यस्तै झैँ तपाईकोपनि / पछी के राख्ने हो त्यो राख्नुस, त्यसपछि Save Info मा क्लिक गर्नुहोस :
अब तपाइले आफ्नो पेजको प्रोफाईल फोटो राख्नुपर्छ, यदि अहिले नराख्ने भए Skip मा क्लिक गरेर यो चरण बाट अघि बढ्न पनि सक्नुहुन्छ, यदि फोटो राख्ने भए Upload From Computer मा क्लिक गरि कम्प्युटरबाट फोटो अपलोड गर्न सक्नुहुन्छ :
अब अर्को चरणमा तपाईलाई यो पेज आफ्नो अकाउन्टको Favorites मा राख्ने वा नराख्ने भनेर सोध्छ, यदि राखुभायो भने तपाईको Facebook Account को Favorites मा देखाउछ, त्यसैले राख्ने भए, Add to Favorites मा क्लिक गर्नुस, नभए Skip मा क्लिक गर्नुस:
अब यो चरणमा तपाईले आफ्नो पेजको Reader हरुको ठाउँ, उमेर, लिंग, रुची अनुसार कस्तो किसिमले विज्ञापन गर्न चाहानुहुन्छ, त्यो उल्लेख गर्नुहोस, यदि नगर्ने भए Skip पनि गर्न सक्नुहुन्छ !
अब तपाईको पेज तयार भयो, तर पेज बनाएर मात्र हुदैन, तपाईको पेज जति धेरै ले लाईक गर्यो, उति धेरै तपाईको Reader बढ्ने भएकाले आफ्नो साथीहरुलाई लाईक गर्नको लागि Invite गर्नुहोस, त्यस्तै कुनै ग्रुपमा गएर पेजलाई Share गर्नुहोस:
यसरि तपाई आफ्नो पेज बनाउन सक्नुहुन्छ ! यदि तपाईले यो पोस्टमा केहि नबुझेमा तल कमेन्ट बक्समा लेख्नुहोला, हामि सकेसम्म तपाइको जिज्ञासा मेटाउने कोसिस गर्ने छौ ! यदि तपाई हामिसंग Youtube मा जोडिन चाहानुहुन्छ भने यहि ब्लगको Homepage मा गई Subscribe गर्न सक्नुहुन्छ, यो ब्लग राम्रो लागेमा आफ्नो फेसबुक मार्फत शेयेर गरि अरुलाई पनि जानकारी गराईदिए आभारी हुने थियौ ! अन्य जानकारीको लागि Visit गर्दै गर्नुहोला !

Post a Comment
Post a Comment