आजभोली हामि कपडा कम र मोबाईल बढी फेर्छौ ! अझ आजभोली Android Operating System ले गर्दा त झन् धेरैलाई फाईदा पनि पुगेको छ, किनभने आजभोली धेरै उपयोग सफ्टवेरहरु Android System मा नै आउछन ! अझ यसमा नेपालि भाषाका सफ्टवेरहरु पनि पाईन्छन ! तर यसको अवगुण भनेको पैसा धेरै खाने हो, धेरै जनाको मुखबाट यो समस्या सुनेका छौ त्यसैले हामीले केहि मुख्य कुराहरु लेखेका छौ , यी कुराहरु गर्नुभयो भने तपाईको मोबाईलको पैसा कम खाने समस्या केहि मात्रामा भएपनि समाधान हुनेछ भन्ने विश्वास लिएका छौ !
- सबैभन्दा पहिला त तपाई आफु Internet कसरि र के का लागि चलाउनुहुन्छ, त्यसमा भरपर्छ, जस्तै: यदि तपाई Video हेर्नको लागि चलाउदै हुनुहुन्छ भने भिडियो हेर्दा बढी Data चाहिने हुदा तपाईको पैसा एकैछिनमा "चट" हुन्छ !
- त्यस्तै तपाईले प्रयोग गर्ने Mobile Browser को आधारमा पनि कम/बढी पैसा खर्च हुन्छ, जस्तै: Opera Mini को Server ले डाटालाई Compress गरेर देखाउने भएकाले यसबाट चलाउदा केहि राहत हुन्छ !
- त्यस्तै तपाईले प्रयोग गर्ने Mobile Browser हरु जस्तै: Google Chrome, Opera Mini etc. को Setting मा Image Quality भन्ने Option हुन्छ, त्यहाँ गएर Image Quality Low गर्नुभयो भनेपनि केहि मात्रामा कम डाटा खपत हुन्छ !
-Android Set हरुमा घरि घरि स्क्रिनमा "Pop-up-Ad" (कुनै प्रोग्रामहरु खोल्दा बन्द गर्दा आफै आउने बिज्ञापन) देखिन्छ, जसले गर्दा तपाईको पैसा खाईदिन्छ, यस्तो Ad लाई बन्द गर्नको लागि गुगलको प्ले स्टोरमा गएर Ad Block सफ्टवेर डाउनलोड गरेर पनि यस्ता Ad हरु बन्द गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईको Data जोगिन्छ अनि पैसा पनि !
- कसै कसैको बानि "Mobile Data" off नगर्ने हुन्छ, अथवा कहिले कहिँ भुलेरै पनि बन्द गरिदैन, जसले गर्दा मोबाईल डाटा संगै पैसा पनि जान्छ !
- Android Set हरुमा तपाई राखिएका सफ्टवेरहरु इन्टरनेट पाउदा बित्तिकै आफै Update हुन्छन, जुन हामीलाई कमैलाई थाहा छ, जसले गर्दा धेरै पैसा खर्च भएको हुन्छ, त्यसैले तपाई Mobile को सेटिंग मा गएर Data Usage मा गएर Background Data Off गर्नुस, जसले गर्दा तपाईले चलाएको सफ्टवेरको मात्र Data को पैसा लाग्छ !
- आजभोली फेसबुकमा एउटा Feature थपेकोछ, Video आफै प्ले हुने, जसले गर्दा पैसा खर्च बढी हुन्छ, त्यसैले त्यसलाई बन्द गर्नुहोस, त्यसको लागि, Setting>Videos>Autoplay Videos>off गर्नुस ! त्यस्तै त्यसैको माथिपट्टि Video Qyality भन्ने हुन्छ, SD Only गर्नुस !
- विभिन्न समयमा तपाईको मोबाईल सेवा प्रदायक ले अफरहरु दिएको हुन्छ, त्यसको बारेमा बुझ्नुहोस्, जस्तै अहिले Ncell ले MB Pack अफर संचालन गरेको छ, अझ तपाई फेसबुक मात्र चलाउनुहुन्छ भने "Facebook Pack" लिनुभयो भने पनि हुन्छ !
हामीले सकेसम्म सामान्य भाषामा लेख्ने कोसिस गरेका छौ, यदि केहि नबुझेको छ भने कमेन्ट गर्न सक्नुहुन्छ, त्यस्तै कम्प्युटर/मोबाईल सम्बन्धि तपईहरुको केहि समस्या छन्, फेसबुकको कारणले अप्ठ्यारोमा हुनुहुन्छ भने एकपटक आफ्नो समस्या राख्नुहोला हामि केहि सहयोग गर्न सक्छौ कि? यदि तपाईको समस्या कमेन्ट गर्न नमिल्ने भए मलाई म्यासेजको रुपमा पठाउन सक्नुहुन्छ !

Post a Comment
Post a Comment