Ads (728x90)

नमस्कार साथीहरु !

    यो भन्दा अगाडी हामीले कुनैपनि प्रोग्रामको  Shortcut Key कसरि पत्ता लगाउने भनेर लेखेका  थियौ, आज पनि हामि कुनैपनि प्रोग्रामलाई Shortcut बाट कसरि खोल्ने भन्ने कुरा देखाउन गई रहेका छौ, यो तपाईले Windows7/8 मा गर्न सक्नुहुन्छ, यसले गर्दा तपाईलाई मेनुबाट Program खोल्नुपर्दैन ! तपाईको समयको पनि बचत हुनेछ ! अझ यसबाट कुनैपनि प्रोग्रामलाई आफुले चाहेको shortcut दिएर खोल्न सकिन्छ ! आशा छ तपाईहरुलाई यो method मन पर्छ !






    ल आउनुहोस, अब हामि प्रोसेस तर्फ जाम ! सबैभन्दा पहिला त तपाईले आफुले खोल्न चाहेको प्रोग्रामलाई Taskbar मा Pin गरेको हुनुपर्छ, यदि त्यसो गर्नुभएको छैन भने सबै भन्दा पहिले Taskbar मा Pin गर्नुहोस, त्यसको लागि Start Menu (Windows Key) थिचेर त्यो प्रोग्राम निकाल्नुहोस (यहाँ Windows 8 को उदाहरण देखाईएको छ, तपाई Windwos 7 मा Start Menu>Program मा गएर गर्न सक्नुहुन्छ) :






अब तपाईको प्रोग्रामको Icon Taskbar मा देखाउनेछ, र त्यहाबाट तपाईले खोल्न चाहेको प्रोग्रामको Icon जति नम्बरमा पर्छ, किबोर्डबाट Win Key सहित त्यो नम्बर थिचेपछी उक्त प्रोग्राम खुल्नेछ !





माथिको चित्र अनुसार यदि तपाईले Win+1 थिच्नुभयो भने Windows Media Player खुल्नेछ, Win+2 थिचे Sound Forge खुल्नेछ, त्यस्तै Win+3 थिचे Edius खुल्नेछ, यति मात्र होइन, तपाईले यी Icon हरुलाई Drag गरेर क्रम संख्या परिवर्तन गर्न सक्नुहुनेछ ! यदि केहि कुरा नबुझेमा तल कमेन्ट बक्समा लेख्नुहोला ! त्यस्तै यदि तपाई हामि संग Youtube मा जोडिन चाहानुहुन्छ भने यहि ब्लगको Homepage मा गई Subscribe गर्न सक्नुहुनेछ ! 

Post a Comment