Ads (728x90)

नमस्कार साथीहरु !!

  अहिले सम्म हामिहरुले Video Editing को सफ्टवेर Edius6 डाउनलोड गरेर पनि कम्प्युटरमा Install गरिसक्यौ ! यदि गर्नुभएको छैन भने यो भन्दा अगाडिको पोस्टहरु हेर्न सक्नुहुनेछ ! आज हामि Video Editing को सैध्दान्तिक कुराहरु हेर्ने छौ, जसमा हामीले कुनैपनि Video Editing Software खोल्दाखेरी Project Setting को लागि दिएको हुन्छ ! यदि तपाईलाई त्यस्ता सैद्धान्तिक कुराहरु थाहा भयो भने Edius6 मात्र होइन, कुनैपनि Video Editing Software चलाउन सजिलो हुनेछ ! कुनैपनि Software मा काम गर्दा यी कुराहरु तपाईहरुलाई काम लाग्न सक्छ !! त्यसैले आउनुहोस, सुरु गरौ !














   जब तपाईले पहिलो पटक Edius खोल्नुहुन्छ, तब तपाईलाई केहि Setting मिलाउनको लागि दिईएको हुन्छ, जहाँ यी कुराहरु देख्नसक्नुहुन्छ:
Size, Frame Rate  र Bit:

Size: - कुनै पनि Video को साइज भन्नाले त्यसको लम्बाई र चौडाई भनेर बुझ्नुपर्छ ! Edius को Project Setting को कुरा गर्दा त्यहाँ HD, SD र DV देख्नुहुनेछ ! तपाईले पहिलो पटक Setup गर्दा सबैमा Tick लगाए पनि हुन्छ र Project खोल्दा HD, SD वा DV कुन मा गर्ने हो त्यो खोल्नुपर्छ ! जस्तै यदि तपाई High Definition भिडियोहरु Edit गर्दैहुनुनुन्छ भने HD, Standard Definition (for e.g. TV Broadcasting को लागि ) गर्दै हुनुनुन्छ भने SD र DVD Create गर्दै हुनुहुन्छ भने DV Choose गर्न सक्नुहुन्छ !







Frame Rate:- यदि तपाईको आँखाको अगाडी १ सेकेन्ड भन्दा पनि कम समयको अन्तरालमा कुनै वस्तुलाई परिवर्तन गरिदियो भने तपाईलाई दृष्टि भ्रम हुन्छ र त्यो परिवर्तन तपाईले महसुस गर्न सक्नुहुन्न ! यहि सिद्धान्तको आधारमा Video हरु चल्ने गर्दछन ! वास्तवमा त्यहा फोटोहरु चलेका हुन्छन ! हो त्यहि फोटोहरु कुनै निश्चित समयमा कति चल्ने भन्ने मापन नै Frame Rate हो ! Frame Rate को बारेमा बुझिरहदा तपाईले गरको कुरा ख्याल गर्नुपर्ने हुन्छ, त्यो हो, NTSC र PAL, यिनीहरु Color Encoding System हरु हुन् !. 




NTSC: National Television Standard Comission  संक्षिप्त रुप NTSC हो ! यो Format America, Burma, Japan, Philippines आदि देशहरुमा यो प्रयोग गरिन्छ ! NTSC Format मा एक सेकेन्डमा २९.९९ वटा Frame हरु चल्ने गर्छन !


PAL: Phase Alternate Line को संक्षिप्त रुप PAL हो ! यो माथि उल्लेखित बाहेक अन्य देशहरु मा यसको प्रयोग गरिन्छ ! यसमा एक सेकेन्डमा २५ Frame चल्ने गर्दछन ! हाम्रो देशमा पनि यहि System मा भिडियोहरु चलाउने गरिन्छ ! यद्यपी यदि बाहिरी देशबाट ल्याईएको Video Player हरु NTSC छन् भने NTSC नै बनाउनु पर्छ, त्यो Player मा चलाउनको लागि ! यस्तै यदि NTSC System बाट Record गरिएको Video हरु छन् भने त्यसलाई PAL Syestem मा चलाउन PAL मा Convert गर्नुपर्दछ !


Bit: यो bit भिडियो को कलर संग सम्बन्धित हुन्छ ! भिडियोमा RGB (Red, Green, Blue) को मात्र यसले निर्धारण गर्दछ ! Normal Video हरुको लागि 8 bit choose गर्न सक्नुहुन्छ र High Resolution को Video (जस्तै 3D) को लागि 10 bit choose गर्नुपर्छ !



यसरि तपाई आफुले चाहे अनुसारको Setting मिलाउन सक्नुहुनेछ ! यो सामान्य Setting हरु हो , यसबारे अझ विस्तृतमा आगामी पोस्टहरुमा उल्लेख गर्दै जानेछौ ! आशा छ पढ्नुहुनेछ ! यदि तपाईलाई यो पोस्ट राम्रो लागेमा आफ्नो फेसबुक वा कुनैपनि Social Media मार्फत Share गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ ! यदि तपाई Video Tutorial हेरेर सिक्न चाहानुहुन्छ भने यहाँ क्लिक गरि हाम्रो Youtube च्यानलमा गई Subscribe गर्न सक्नुहुनेछ ! 




Post a Comment