नमस्कार साथीहरु !
आज म तपाईहरुलाई ब्लगको बारेमा केहि जानकारी दिन चाहान्छु ! हुन त अहिले नेपालमा पनि धेरै साथीहरुले ब्लग लेख्नुहुन्छ ! धेरै साथीहरुलाई मलाई भन्दा बढी जानकारी पनि हुन सक्छ ! तर कतिलाई नहुन पनि सक्छ ! जे भएपनि आज म तपाइहरुलाई मैले जाने जति कुराहरु बुझाउने प्रयास गर्नेछु ! आशा गर्छु कि तपाईहरुलाई यो मन पर्नेछ !!
कुनै यस्तो बेला थियो, जतिबेला हामीलाई कुनै घटना थाहा पाउनको लागि टेलिभजन अगाडी समाचार कुरेर बस्नुपर्थ्यो, त्यस्तै अर्को विकल्प भनेको रेडियो हुन्थ्यो ! अझ सुरु सुरुमा त एउटा मात्र टेलिभिजन र एउटा मात्र रेडियो थियो, नेपाल टेलिभिजन र रेडियो नेपाल ! त्यसकै भर पर्नुपर्थ्यो ! विस्तारै धेरै संख्यामा एफ.एम. रेडियोहरु तथा टेलिभिजनहरु खुल्दै गए ! त्यस्तै आजभोली केबल टेलिभिजन मार्फत स्थानीय टेलिभिजनहरु पनि खुल्दै गए जसले गर्दा स्थानीय समाचार प्राप्त गर्नको लागि अझ सजिलो भएको छ ! त्यस्तै आजभोली "फेसबुक पेज" मार्फत पनि संसारको कुनै घटनाहरु केहि मिनेटमै थाहा हुने भएको छ ! त्यसको लागि तपाईले त्यो पेजलाई लाईक गर्नुपर्ने हुन्छ ! त्यो मात्र फेसबुक प्रयोगकर्ताहरुले मात्र प्राप्त गर्ने गर्दछन ! आजभोलि धेरै साथीहरु/पत्रकारहरुले फेसबुक पेज बनाई स्थानीय/रास्ट्रीय समाचारहरु सम्प्रेषण गर्नुहुन्छ ! तर दुखको कुरा यो छ कि वहाहरु लाईक र कमेन्ट मात्रको लागि हुदै नभएको समाचार वा कुनै समाचारलाई आफूखुशी बनाएर सम्प्रेषण गर्दै हुनुनुन्छ ! जसले गर्दा समाजमा पत्रकारितामा नकारात्मक असर परेको देखिन्छ !
नेपालमा केहि संघ/संस्थाहरुले वा अनलाईन पत्रिकाहरुले वेबसाईट निर्माण गरि समाचार सम्प्रेषण गरेको पनि देखिएकोछ ! तर त्यो खर्चिलो हुन्छ ! एउटा सामान्य व्यक्तिका लागि यो खर्चिलो हुन्छ ! तर केहि त्यस्ता साईटहरु छन्, जसले तपाईलाई फ्री मा वेबसाईट बनाउन दिन्छन, मैले यसको बारेमा पहिले पनि लेखिसकेको छु, यदि पढ्नु भएको छैन भने यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ ! तपाईलाई जुन राम्रो र सजिलो लाग्छ, त्यसमा बनाउन सक्नुहुन्छ ! धेरैले प्रयोग गर्ने भनेको "blogspot.com" र "Wordpress.com" हो, त्यसैले मैले यहाँ "blogspot" को बारेमा लेख्नेछु, आगामी पोस्टहरुमा !! यदि तपाईलाई Web Design सम्बन्धि ज्ञान छ भने आफुले चाहे जस्तो डिजाइन दिएर ब्लग बनाउन सक्नुहुन्छ ! यदि ज्ञान छैन भनेपनि दिईएको डिजाइनमा बनाउन सक्नुहुन्छ ! त्यसको बारेमा म बिस्तारै पोस्टगर्दै जानेछु !!
यदि तपाई पत्रकार हो भने प्रविधिलाई आत्मसाथ गर्दै ब्लगको प्रयोग गर्न सक्नुहुन्छ ! त्यति मात्र होइन, यदि तपाई कुनै व्यवसाय गर्नुहुन्छ भनेपनि आफ्नो ग्राहकहरुलाई जानकारी दिनको लागि यसको प्रयोग गर्न सक्नुहुन्छ ! त्यस्तै यदि तपाई लेखक हो भनेपनि आफ्नो लेख रचनाहरुलाई विश्व सामु पुर्याउन सक्नुहुन्छ ! त्यस्तै यदि तपाइँ कलाकार हो भने आफ्नो व्यक्तिगत विवरणको लागि यो उपुक्त माध्यम बन्नसक्छ ! यसबाट कुनैपनि क्षेत्रका व्यक्तिहरुले लाभ लिन सक्छन जस्तो मलाई लाग्छ !! त्यति मात्र होइन, यदि तपाइले आफ्नो ब्लगको "Visitor" संख्या बढाउदै लानुभयो भने यसबाट केहि आम्दानि पनि गर्नसक्न्हुन्छ ! त्यसको बारेमा म जानकारी दिदै जानेछु !
यसलाई कसरि सुरु गर्ने भन्नेबारे मैले पहिलेका पोस्टमा लेखेको छु तपाइँ पढ्न सक्नुहुन्छ, आगामी दिनहरुमा अझ यसको बारेमा विस्तृत रुपमा लेख्दै जानेछु ! आशा छ पढेर साथ् दिनुहुनेछ !
आज म तपाईहरुलाई ब्लगको बारेमा केहि जानकारी दिन चाहान्छु ! हुन त अहिले नेपालमा पनि धेरै साथीहरुले ब्लग लेख्नुहुन्छ ! धेरै साथीहरुलाई मलाई भन्दा बढी जानकारी पनि हुन सक्छ ! तर कतिलाई नहुन पनि सक्छ ! जे भएपनि आज म तपाइहरुलाई मैले जाने जति कुराहरु बुझाउने प्रयास गर्नेछु ! आशा गर्छु कि तपाईहरुलाई यो मन पर्नेछ !!
कुनै यस्तो बेला थियो, जतिबेला हामीलाई कुनै घटना थाहा पाउनको लागि टेलिभजन अगाडी समाचार कुरेर बस्नुपर्थ्यो, त्यस्तै अर्को विकल्प भनेको रेडियो हुन्थ्यो ! अझ सुरु सुरुमा त एउटा मात्र टेलिभिजन र एउटा मात्र रेडियो थियो, नेपाल टेलिभिजन र रेडियो नेपाल ! त्यसकै भर पर्नुपर्थ्यो ! विस्तारै धेरै संख्यामा एफ.एम. रेडियोहरु तथा टेलिभिजनहरु खुल्दै गए ! त्यस्तै आजभोली केबल टेलिभिजन मार्फत स्थानीय टेलिभिजनहरु पनि खुल्दै गए जसले गर्दा स्थानीय समाचार प्राप्त गर्नको लागि अझ सजिलो भएको छ ! त्यस्तै आजभोली "फेसबुक पेज" मार्फत पनि संसारको कुनै घटनाहरु केहि मिनेटमै थाहा हुने भएको छ ! त्यसको लागि तपाईले त्यो पेजलाई लाईक गर्नुपर्ने हुन्छ ! त्यो मात्र फेसबुक प्रयोगकर्ताहरुले मात्र प्राप्त गर्ने गर्दछन ! आजभोलि धेरै साथीहरु/पत्रकारहरुले फेसबुक पेज बनाई स्थानीय/रास्ट्रीय समाचारहरु सम्प्रेषण गर्नुहुन्छ ! तर दुखको कुरा यो छ कि वहाहरु लाईक र कमेन्ट मात्रको लागि हुदै नभएको समाचार वा कुनै समाचारलाई आफूखुशी बनाएर सम्प्रेषण गर्दै हुनुनुन्छ ! जसले गर्दा समाजमा पत्रकारितामा नकारात्मक असर परेको देखिन्छ !
नेपालमा केहि संघ/संस्थाहरुले वा अनलाईन पत्रिकाहरुले वेबसाईट निर्माण गरि समाचार सम्प्रेषण गरेको पनि देखिएकोछ ! तर त्यो खर्चिलो हुन्छ ! एउटा सामान्य व्यक्तिका लागि यो खर्चिलो हुन्छ ! तर केहि त्यस्ता साईटहरु छन्, जसले तपाईलाई फ्री मा वेबसाईट बनाउन दिन्छन, मैले यसको बारेमा पहिले पनि लेखिसकेको छु, यदि पढ्नु भएको छैन भने यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ ! तपाईलाई जुन राम्रो र सजिलो लाग्छ, त्यसमा बनाउन सक्नुहुन्छ ! धेरैले प्रयोग गर्ने भनेको "blogspot.com" र "Wordpress.com" हो, त्यसैले मैले यहाँ "blogspot" को बारेमा लेख्नेछु, आगामी पोस्टहरुमा !! यदि तपाईलाई Web Design सम्बन्धि ज्ञान छ भने आफुले चाहे जस्तो डिजाइन दिएर ब्लग बनाउन सक्नुहुन्छ ! यदि ज्ञान छैन भनेपनि दिईएको डिजाइनमा बनाउन सक्नुहुन्छ ! त्यसको बारेमा म बिस्तारै पोस्टगर्दै जानेछु !!यदि तपाई पत्रकार हो भने प्रविधिलाई आत्मसाथ गर्दै ब्लगको प्रयोग गर्न सक्नुहुन्छ ! त्यति मात्र होइन, यदि तपाई कुनै व्यवसाय गर्नुहुन्छ भनेपनि आफ्नो ग्राहकहरुलाई जानकारी दिनको लागि यसको प्रयोग गर्न सक्नुहुन्छ ! त्यस्तै यदि तपाई लेखक हो भनेपनि आफ्नो लेख रचनाहरुलाई विश्व सामु पुर्याउन सक्नुहुन्छ ! त्यस्तै यदि तपाइँ कलाकार हो भने आफ्नो व्यक्तिगत विवरणको लागि यो उपुक्त माध्यम बन्नसक्छ ! यसबाट कुनैपनि क्षेत्रका व्यक्तिहरुले लाभ लिन सक्छन जस्तो मलाई लाग्छ !! त्यति मात्र होइन, यदि तपाइले आफ्नो ब्लगको "Visitor" संख्या बढाउदै लानुभयो भने यसबाट केहि आम्दानि पनि गर्नसक्न्हुन्छ ! त्यसको बारेमा म जानकारी दिदै जानेछु !
यसलाई कसरि सुरु गर्ने भन्नेबारे मैले पहिलेका पोस्टमा लेखेको छु तपाइँ पढ्न सक्नुहुन्छ, आगामी दिनहरुमा अझ यसको बारेमा विस्तृत रुपमा लेख्दै जानेछु ! आशा छ पढेर साथ् दिनुहुनेछ !
Post a Comment
Post a Comment