"आजभोली फेसबुकमा धेरै घटनाहरु घटेका छन् ! त्यस्ता घटनाहरु प्राय: फेक आईडी बाट घट्ने गर्छन , म यस्ता Fake ID किन बनाईन्छन र यस्तो ID हरु बाट कसरि बच्ने भन्नेबारे मेरो ज्ञानले भ्याए सम्म जानकारी दिने प्रयास गर्नेछुमलाई थाहा छ तपाईहरुलाई लामो पोस्ट पढ्न अल्छी लाग्छ त्यसैले मैले यो पोस्टलाई सकेसम्म छोटो बनाउने प्रयास गर्दैछु ! सबै भन्दा पहिला बुझौ कि फेक आईडी र ह्याकिंग बीच के फरक छ, यदि कुनैपनि फेसबुक ID मा झुटो विवरण राखेर बनाईएको छ भने त्यस्तो ID लाई Fake ID भनिन्छ ! Fake ID पनि सामान्य ID बनाए जस्तै गरि बनाईन्छ, तर यसमा सम्पूर्ण विवरणहरु झुटो राखिन्छ ! त्यस्तै कुनै पनि व्यक्तिको आधिकारिक ID मा अर्को कुनै व्यक्तिले अनधिकृत रुपले खोलिदिनुलाई ID Hack गर्नु भनिन्छ ! सबैभन्दा पहिला बुझौ कि Fake ID किन बनाईन्छ ? निम्न कारणहरुले गर्दा Fake ID बनाईन्छ !
१.कसैको बद्नाम गरिदिने उद्देश्यले>>>
यदि कुनैपनि व्यक्तिले कसै संग रिस उठेको खण्डमा उसको बदनाम गरिदिने उद्देश्यले Fake ID बनाउने गर्दछन ! यस्तो अवस्थामा उसको अश्लिल फोटोहरु राखिदिने, अश्लिल कुराहरु लेखिदिने आदि गर्ने गर्दछन !
२.यौनजन्य गतिविधिका लागि>>>
यौनलाई हाम्रो समाजमा खुला रुपमा व्यक्त गर्न दिईन्न, अझ पुरुषको हकमा भन्दा महिलाहरुको हकमा यौनका कुराहरु मनभित्र गुम्साएर राख्नुपर्ने बाध्यता पहिलेदेखिनै थियो ! तर अहिले विभिन्न सामाजीक संजालको माध्यमद्वारा यस्ता क्रियाकलाप गर्ने गर्दछन, जसको लागि Fake ID बनाउने गर्दछन, त्यस्तै अझ केटिले केटाको नामबाट र केटाले केटिको नामबाट खोलेर चलाएका धेरै त्यस्ता ID पाउन सकिन्छ ! यस्तै ID को माध्यमद्वारा यौनजन्य कुराहरु गर्ने, अश्लिल फिल्महरु हेर्ने आदि गर्ने गर्दछन !
३.एक भन्दा बढी व्यक्तिसंग सम्पर्क बनाउदा गोप्यता भंग हुने डरले>>>
आजभोली Girl Friend/ Boyfriend बनाउने लहर चलेको छ ! केहि हदसम्म यस्तो काममा सामाजिक संजालको पनि ठुलो भूमिका छ, त्यस्तै आफु अरुसंग कुरा गरेको कुराहरु आफ्नो व्यक्तिले थाहा नपाओस भन्नका लागि पनि फेक ID को प्रयोग बढेको छ !
४. कसैको मन जाँच्नको लागि>>>
केहि व्यक्तिहरु Fake ID को सहाराले कसै प्रति निगरानी पनि गरिराखेका हुन्छन ! जस्तै:- श्रीमतीले आफ्नो श्रीमानको आनीबानी बुझन वा अरु संग के कस्तो व्यवहार गर्छ वा आफु प्रतिको लगावलाई जाच्नको लागि पनि Fake ID बनाएको हुन सक्छ !
५. मानव/चेलीबेटी बेचविखनका लागि>>>
आजभोली चेलीबेटी बेचबिखन गर्नेहरु नया नया तरिका अपनाउन थालेका छन्, फेसबुकको प्रयोग गरेर माया गरेको नाटक गरेर फकाई लगेर बेच्ने गरेको धेरै घटनाहरु हाम्रा समाजमा पाईएका छन् !
६. चोरी तथा लुटपाटका लागि>>>
आजभोली केटीको नामबाट Facebook ID बनाएर भेट्न एकान्त ठाउमा बोलाउने र लुट्ने तथा पिट्ने गरेको थुप्रै घटनाहरु सुन्न थालेका छन् ! त्यस्तै अपहरण गर्नका लागि पनि यस्तो गरेको पाईएको छ !
७. ब्यालेन्स/पैसा माग्न>>>
कतिपयले केटिको नामबाट फेसबुक खोलेर मज्जाले कुरा गर्छन र फोन गर्नेभए ब्यालेन्स ट्रान्सफर गर्न भन्ने गर्छन ! हुन त कतिपय केटिहरुले नै पनि यस्तो गर्ने गरेका छन् !
यी त मात्र केहि कारणहरु हुन्, यी बाहेक पनि थुप्रै ज्ञात/अज्ञात कारणहरु हुन सक्छन जसले गर्दा Fake ID बनाएर दुख दिने गरिन्छ ! हुन त फेक आईडी पनि सामान्य आईडी जस्तै गरि बनाईन्छ, फेसबुकले फेक आईडीको लागि भनेर कुनै छुट्टै व्यवस्था गरेको हुदैन, यस अर्थमा आईडी फेक होइन, मान्छे अनि उसको सोच फेक हुने गर्छ ! जे जस्तो भएपनि फेक आईडीलाई यसरि चिन्न र यस्ता आईडी हरु बाट यसरि बच्न सकिन्छ !
- प्रोफाईलमा फोटो राखिएको हुदैन, यदि राखिएको भएपनि एकै किसिमको हुदैन ! त्यसको लागि तपाईलाई Friend Request आउदा बित्तिकै त्यसको प्रोफाईल फोटो हेर्नुहोस, यति समान किसिमका थुप्रै फोटोहरु फरक फरक समयमा खिचेको छैन भने त्यो फेक ID हो !
- फेक आईडीमा सबै विवरणहरु गलत हुन्छन, त्यसैले Friend Request आउदा बित्तिकै Accept गर्नुपुर्व एकपटक उसको सबै Information Check गर्नुहोस !
- यदि तपाईले फेक आईडीलाई Accept गर्नुभएको छ भने आफ्नो विवरण उसको अगाडी पहिलेनै नखोल्नुहोस, कसैले तपाईको बारेमा बुझ्नको लागि पनि त्यसो गरेको हुन सक्छ !
- यदि तपाईलाई फेक आईडी प्रयोग गरेर नराम्रो फोटो ट्याग गर्ने गरेको छ भने त्यो Status मा वा फोटोमा हेर्नुभयो भने "Report" भन्ने Option देख्नसक्नुहुन्छ, यदि तपाईले "Report" गरिदिनुभयो भने र केहि अन्य व्यक्तिले पनि Report गरेको खण्डमा उसको आईडी ब्लक गरिदिन्छ फेसबुकले !
- यदि कुनै नया आईडी बाट सामान्यभन्दा बढी तरिकाले तपाईसंग कुरा गरिराखेको छ भने त्यो फेक आईडी हुनसक्छ ! त्यस्तो व्यक्तिले भनेको ठाउमा भेट्न जाने, ब्यालेन्स ट्रान्सफर गरिदिने नगर्नुहोला !
- फेसबुकमा धेरै फोटो राख्ने युवतीहरुको फोटोलाई विभिन्न अश्लील पेजहरुमा फोटो राखिदिने पनि गरेको धेरै छन्, त्यसैले सके सम्म सिंगल फोटो कम राख्ने बानि गर्नुहोस !!
- यदि कुनै व्यक्तिले तपाईलाई फेसबुकको माध्यमबाट डराउन दिने/ धम्क्याउने, यौन जन्य कुराहरु शेयेर गरिदिने गरेर दुख: दिएको छ भने नजिकैको प्रहरी चौकीमा गएर रिपोट गर्न सक्नुहुनेछ ! अहिले नेपालमै पनि "Cyber Crime" अन्तर्गत संविधानमै यसको बारेमा लेखिएको छ ! त्यस्ता व्यक्तिहरुलाई कारवाही हुनेछ ! त्यस्तै यदि तपाई फेक आईडी युजर हो भने (तपाई फेक आईडी चलाउदै हुनुहुन्छ भने) अब निकट भविष्यमै नेपाल प्रहरीले फेक आईडी पट्ट लगाउने एप संचालनमा ल्याउदै छ, जसले गर्दा तपाई कारवाहीमा पर्न सक्नुहुनेछ !!!
(((((((((((((फेसबुक आईडी ह्याक हुनसक्ने कारण))))))))))))))))))))))))))))
फेक आईडीबाट मात्र होइन, कहिलेकाही तपाईको आफ्नै आईडी पनि कसैले ह्याक गरेर चलाईदिन सक्छ, त्यसैले गर्दा यस्ता कुराहरुमा सजग रहनुहोला :
हुन त ह्याक गर्न ह्याकरहरुले धेरै तरिकाहरु अपनाउछन, तर पनि मलाई लाग्छ, नेपालमा तेती धेरै प्रोग्रामिंग बाट ह्याक गर्ने ह्याकरहरु छैनन् होला, जतिपनि छन्, नगन्य मात्रामा छन् ! जतिपनि ह्याक भएका छन्, सामान्य तरिका र तपाई हाम्रो लापरवाहीबाटै भएका छन् !
-पासवर्ड रि-सेटबाट>>> नेपालमा फेसबुक अहिले फेसबुक प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ, फेसबुक आईडी बनाउनको लागि तपाई संग कि त कुनै E-mail ID हुनुपर्छ या त फोन नम्बर, ग्रामिण भेगमा E-mail प्रयोग गर्ने कमै हुन्छन, यसबाट Verify गर्न अलि झन्झटिलो पनि छ, त्यसैले धेरैले फोन नम्बरबाट बनाउने गर्छन, त्यसैले यदि फेसबुकले तपाईले Password बिर्सिए पनि फोन नम्बरबाट रिसेट गर्ने सुविधा दिएको हुन्छ, यहि सुविधाको गलत प्रयोग गरेर ह्याकिंग गर्ने गर्दछन ! यो तरिकाबाट नै धेरै ह्याकिंग हुने गरे जस्तो लाग्छ, मेरो विचारमा !! त्यसैले आफ्नो मोबाईल आफै संग सुरक्षित राख्नुस, तपाइको आईडी ह्याक गर्न तपाईले Password दिनुपर्दैन, मात्र तपाईको मोबाईल दिए पुग्छ !!
-इमेलबाट>> फोन बाट रिसेट गरेजस्तै यदि तपाईको इमेल थाहा छ भने पनि तपाईको आईडी ह्याक हुन सक्छ, त्यसैले फोन जस्तै यसलाई पनि सुरक्षित गख्नुपर्छ !
- मोबाईलबारे ज्ञान नभएर>> आजभोली ठुला ठुला र महँगो मोबाईल चलाउने लहर चलेको छ ! त्यस्ता सेटहरुमा मेनुहरु जटिल वा अलि Advance तरिकाले राखिएको हुन्छ, जुन सामान्य मान्छेलाई चलाउन गारो हुन्छ ! त्यस्तो बाट पनि ह्याकरहरुले तपाईको आईडी ह्याक गर्न सक्छन, त्यसैले आफ्नो मोबाईलको सेटिंग को बारेमा वा फेसबुक सेटिंगको बारेमा कमसेकम बुझेर चलाउनु उपयुक्त हुन्छ !
-Software को माध्यमबाट>> आजभोली केहि ह्याकिंग गर्ने Software को पनि विकाश भएको छ, हुन त Direct Hack गर्न सक्ने Software पाउनु धेरै गाह्रो हुन्छ, तर "Keylogger" जस्ता Software पनि हुन्छन, जसले तपाईले किबोर्ड बाट थिच्ने Key हरु रिकर्ड गरेर राख्छन, त्यसैको माध्यमबाट ह्याक गर्छन ! त्यसैले अरुको मोबाईल/कम्प्युटरबाट सकेसम्म फेसबुक नखोल्नु राम्रो हुन्छ !
- Brower मा ***** छोड्दा>> कतिपय अवस्थामा Browser ले Password Save गर्ने कि नगर्ने भनेर सोध्छ, यदि Yes गर्यो भने Log Out गर्यो भने पनि Star (********) बसिदिन्छ, जुन सामान्य HTML कोड को प्रयोग गरेर हेर्न सकिन्छ ! त्यसैले त्यसो गर्नु हुदैन !
कसैलाई दोष लगाउनुभन्दा पहिले आफै सुरक्षित हुनु राम्रो हुन्छ ! यदि कसैले तपाईलाई ट्याग गरेर हैरान पारेको छ भने त्यसको लागि सेटिंग पनि दिएको हुन्छ, ट्याग गर्न नमिल्ने, Add गर्न नमिल्ने ब्लक गर्न आदि सबै सुविधा दिएको हुन्छ ! कसैलाई भनिराख्नु पर्दैन ! यतिले पनि नभए त्यस्ता दुख दिने व्यक्तिको लागि भनेर कानुन पनि बनेको छ ! तर तपाई चुप लागेर बस्नुभयो भने त्यस्ता व्यक्ति अझै बढेर जानेछन ! प्रविधिलाई विनाशका लागि होइन, विकाशका लागि प्रयोग गरौ !
Post a Comment
Post a Comment