Ads (728x90)

साथीहरु नमस्कार !
आज म तपाइहरुलाई typing को बारेमा केहि भन्न गईरहेको छु. कुनै पनि व्यक्तिले computer मा कत्तिको अभ्यस्त भएको छ भनेर Typing लाइ आधार मान्ने गरिन्छ. अझ भनौ यदि तपाई कसैको अगाडी बसेर खरर typing गरिदिनुभयो भने उसले सोच्ने छ कि तपाइँ राम्रो संग Computer चलाउन सक्नुहुन्छ. विशेष गरि नेपाल मा Job खोज्ने व्यक्तिहरुका लागि Typing नै Job पाउने माध्यम हुन सक्छ. त्यसैले के तपाई आफ्नो Typing Speed बढाएर अरुको अगाडी आफुलाई प्रभावित गराउन चाहानुहुन्ना ? आउनुहोस म आज तपाइँहरुलाई Typing Speed बढाउने मेरो आफ्नै अनुभव बताउनुको साथै नेपाली Typing कसरि सिक्ने भन्ने बारेमा जानकारी दिनेछु !


   साथीहरु, सबैभन्दा पहिला त तपाइले यो बुझ्नु पर्यो कि Computer मा देखिने अक्षर कति प्रकार हुन्छन त ? सामान्य भाषामा बुझ्नु पर्दा तपाइले फेसबुक वा कुनैपनि Internet चलाउदा लेख्ने अक्षर र Internet बिना Computer को Application जस्तै:Notepad, Wordpad, Microsoft Word, Pagemaker, Photoshop आदि मा लेखिने अक्षर फरक हुन् भनेर बुझ्नु पर्छ. Computer Application मा लेखिने अक्षरलाइ फन्ट (Font) भनिन्छ भने तपाइले Internet (जस्तै Facebook) चलाउदा लेख्ने अक्षरलाइ युनिकोड (Unicode) भनिन्छ. युनिकोड मा लेख्दा तपाइले रोमन अक्षर मा लेख्दा आफै शब्दमा change हुन्छ. जस्तै: तपाइले mero लेख्नुभयो भने आफै "मेरो" मा change हुन्छ तर Font मा त्यस्तो हुदैन. तपाइले त्यसको अध्यननै गर्नुपर्ने हुन्छ. Font विभिन्न नामका हुन्छन जस्तै : Preeti, Akar, Bahunbad, Kantipur, Ganes आदि, जुन तपाइले internet बाट Download गर्न सक्नुहुन्छ्. Download गरिसकेपछि त्यसलाई Install गर्नुपर्छ, त्यसपछि जुन प्रोग्राम मा नेपाली मा लेख्नुपर्ने हो त्यसमा गएर Font लेखेको ठाउमा त्यो Font को नाम लेख्दा देखाउछ.

ल त अब केहि व्यंजनवर्ण कि बोर्ड अनुसार सिकौ:

यसबाहेक कतिपय अक्षरहरु तपाइले keyboard मा पाउन गाह्रो हुन्छ, जसलाई तपाइले Alt key को साथमा केहि नम्बरहरु थिचेर ल्याउनु पर्छ जस्तै ङ निकाल्नु परेमा Alt+0170  थिच्नुपर्छ, यस्ता नम्बर तपाइले Character map बाट पनि हेर्न सक्नुहुन्छ, त्यसको लागि:
>Run मा जानुहोस र Charmap टाइप गरि Enter थिच्नुहोस (Win+R)
>त्यसपछि Character Map खुल्नेछ त्यसबाट अहिले जुन Font मा type गर्दै हुनुहुन्छ, त्यो रोज्नुहोस :

अब तपाइले यहा बाट चाहिएको अक्षर वा चिन्ह copy गरि लैजान सक्नुहुनेछ, यदि तपाइले यसको दाँयापट्टि तल ख्याल गर्नुभयो भने keystroke: लेखेर त्यो अक्षर वा चिन्ह ल्याउने keyboard बाट के थिच्नु पर्छ भनेर देखाउनेछ. अब त्यो तपाइले याद गरि जुन प्रोग्राममा त्यो चिन्ह वा अक्षर चाहिएको हो त्यो प्रोग्राम खोलि त्यहि Font खोलि keyboard बाट त्यहि key+number थिच्नुभयो भने त्यो अक्षर वा चिन्ह देखिनेछ.

यसरि तपाइले आफुलाई चाहिने अक्षर जुन keyboard मा पाइदैनन, त्यसलाई यहाबाट लान सक्नुहुन्छ वा त्यसको Alt key का लागि चाहिने number थाहा पाउन सक्नुहुन्छ,

Typing Speed बढाउने केहि उपायहरु :

साथीहरु यहाँ मैले मेरो अनुभवको आधारमा कसरि typing Speed बढाउन सकिन्छ भन्ने बारेमा लेखेको छु
>यदि तपाइँ सिकारु हो भने तपाइले पहिले Typeshala Program मा हातको औंलाहरु राख्ने तरिका सिक्नुपर्नेछ, त्यसैले Internet बाट Typeshala Program download गर्नुस र हात राखेर बिस्तारै हात बसाल्नुहोस (यसपछिको पोस्टमा म कसरि हात राख्ने भन्ने बारे लेख्नेछु)
>पहिला Acuracy (सुध्धता) लाइ ध्यान दिनुहोस, speed लाइ भन्दा
>TT, Typing Master जस्ता Application खोजि typing गर्ने प्रयास गर्नुहोस 
>यदि तपाइको हात बसिसकेको छ र Speed मात्र बढाउने हो भने तपाइले Newpaper हेरी type गर्ने प्रयास गर्नुस 
>Facebook, Messenger etc. सामाजिक संजालमा धेरै साथीहरु Add गर्नुस र कुरा गर्ने प्रयास गर्नुहोस, जति धेरै कुरा गर्नुहुन्छ, बिस्तारै तपाइको Speed बढ्दै जानेछ, 
>कुनै साथि जसको तपाइको भन्दा बढी typing speed छ उसलाई सोचेर त्यो भन्दा राम्रो गर्छु भन्ने मनमा लिएर type speed बढाउन लाग्नुहोस !

साथीहरु आजको पोस्ट कस्तो लाग्यो यदि केहि नबुझेको भए तल कमेन्ट मा लेख्नुहोला, साथै तपाइँ कस्तो कुरा खोज्दै हुनुहुन्छ र यो blog कस्तो होस् भन्ने चाहानुहुन्छ त्यो पनि लेख्दिनुभाये म आभारी हुने थिए !

Post a Comment

Unknown said... 06 February, 2020 20:46

मेरो तोशिबा ल्यापटप windows 8.1 मा टाइपशाला नै छैन त कसरी सिक्ने