Ads (728x90)

नमस्कार साथीहरु !
 लामो समय पछी म यो पोस्ट लेख्दै छु आशा छ तपाइहरुलाई यो मन पर्ने  छ, सर्वप्रथम आउदै गरेको  'प्रणयदिवस' Valentine's Day को उपलाक्ष्यमा सबैलाई हार्दिक सुभकामना दिन चाहान्छु, आज म तपाइहरुलाई Valentine's Day Glowing text कसरि बनाउने भन्ने बारेमा सिकाउन गैरहेको छु, तपाईहरु पनि आफ्नो प्रेमी/प्रेमिका हरुलाई Valentine's Day Glowing text मा उसको/उनको नाम लेखेर wish गर्नुभयो भने अवश्य impress हुन्छन/हुन्छिन होला हैन त् ?





   त्यसैले आउनुहोस साथीहरुहामि प्रक्रिया तर्फ लागौ
सबै भन्दा पहिला Photoshop open गर्नुहोस, त्यसपछि new file खोल्नुहोस Ctrl+N थिचेर पनि यो गर्न सकिन्छ, आफ्नो आवश्यकता अनुसारको साइज तथा resolution दिनुहोस अनि OK मा क्लिक गर्नुहोस :
यहा मैले 4x4, resolution 150 राखेको छु:

त्यसपछि यसमा तपाइले background color कालो राख्नु पर्छ तपाइले paint bucket बाट fill गरेपनि हुन्छ, यो layer लाइ black गराउनुहोस् , त्यसपछि एउटा खाली layer थप्नुहोस, त्यसको लागि तल चित्रमा दिएझै layer को तल पट्टि new layer को icon मा क्लिक गर्नुहोस new layer थपिन्छ
:अब tool bar मा T लेखेको मा क्लिक गर्नुहोस त्यहाँ Horizontal type Mask Tool लेखेको देख्न सक्नुहुन्छ, त्यो रोज्नुहोस, अब त्यो खाली layer माथि क्लिक गर्नुहोस र आफुलाई मन परेको कुरा लेख्नुहोस जस्तै म यहाँ Happy Valentine's Day लेख्दै छु , त्यपछि Move tool मा क्लिक गर्नुहोस यो text automatically selection मा change हुन्छ, अर्थात तपाइको text selection बन्छ:


अब तपाइले tool bar बाट gradient tool लिनुस र आफुलाई मन परेको gradient रोजी त्यो text मा तानिदिनुहोस text भित्र gradient को कलर बस्छ ( ध्यान रहोस माथिल्लो layer select भएको हुनुपर्नेछ अन्यथा background मा gradient बस्छ :


अब माथि बताए जस्तै गरि अर्को नया खाली layer लायाउनुहोस, (selection नहटाउनु होला ) अब त्यो layer मा सेतो कलर ले  भर्नु पर्छ त्यसको लागि edit मा क्लिक गर्नुहोस त्यसपछि fill मा क्लिक गर्नुहोस अथवा direct keyboard बाट shift र F5 थिच्नुहोस अब एउटा dialog box आउछ र यहा बाट use लेखेको dropdown box  बाट white choose गर्नुहोस, याद राख्नुहोस माथिल्लो layer select भएको हुनु पर्छ  :

अब माथिल्लो layer मा सेतो कलर भरिएको हुनु पर्नेछ र तल्लो layer मा gradient हुनुपर्नेछ यस्तो देखिनु पर्छ ,
अब माथि चित्रमा जस्तै बिचको gradient लाइ select गर्नुस, अनि किबोर्ड बाट ctrl+J थिच्नुस अथवा त्यसको अर्को कपि गराउनुस, त्यसपछि Filter मा क्लिक गर्नुहोस >blur मा क्लिक गर्नुहोस> gussian blur मा क्लिक गर्नुहोस, अब अर्को dialog box आउछ, त्यहा बाट radius को slider लाइ अलिकति बढाई दिनुहोस:

अब Ok थिच्नुहोस, अब text मा हेर्नुभयो भने अलिकति colorful glow देख्न सक्नुहुनेछ, अब तेही process दोहोर्यौनुहोस अर्थात Ctrl+J थिचेर यो layer को पनि copy गराउनुहोस्, फेरी माथिकै process- filter>blur>gussian blur गरेर फेरी slider लाइ अलि बढाईदिनुहोस, फेरी चमक बढ्नेछ, तपाइले चाहेको चमक न आउन्जेल सम्म यो प्रक्रिया दोहोर्याइरहनुहोस् :

तस्पछी माथिल्लो layer लाइ select गरि किबोर्ड बाट ctrl+E थिच्दै जानुहोस, सबै layer एउटा बन्छ,
यस्तै गरेर कुनै पनि text लाइ, line etc. लाइ glowing effect दिन सकिन्छ:
 यदि यो पोस्ट राम्रो लागेमा share गरि सहयोग गरिदिनु होला
  .........................happy Valentine's Day...!!!!


साथै हाम्रो Video Editing सम्बन्धि page Video Editing Club पनि हेरिदिनुहोला धन्यबाद !

Post a Comment