*कम्प्युटर सम्बन्धि आधारभूत ज्ञानहरु *
साथिहरु आउनुहोस आज हामि कम्प्युटरको आधारभूत कुराहरुको बारेमा केहि जानकारी लियौ, तपाइहरु मध्ये कतिले कम्प्युटर चलाउनुहुन्छ तर कतिपय अवस्थामा सानो सानो कुराको बारेमा जानकारी नहुदा धेरै दुख पाइन्छ त्यसैले सानो सानो कुराको बारेमा पनि जानकारी राख्नु धेरै राम्रो हुन्छ, आज प्राय सबैको घर घरमा कम्प्युटर हुनु कुनै नौलो कुरा रहेन अब, कुनै एस्तो बेला पनि थियो जुन बेला मानिसहरु 'हुलाक' बाट संदेश को आदान प्रदान गर्ने गर्थे, अझ पत्याउने नै हो भने त हाम्रा पुर्खाहरुले त परेवाको खुट्टामा चिठ्ठी बाधेर प्रापक कहा पठाउथे रे, तर आज जमाना धेरै बदलिसकेको छ, सबैको घर घरमा Lapto,Desktop,Palmtop etc. कम्प्युटरका विभिन्न रुपहरु आउन थालेका छन् तर कतिपय साथीहरु आफ्नो कार्य व्यस्तताले गर्दा Computer Institute मा गएर सिक्न सक्नुहुदैन. त्यसैले मैले वहाहरुको लागि भनेर यो Concept बनाएको हु.
ल त साथीहरु अब हामि अरु धेरै कुराहरु नगरिकन विषयवस्तुतिर जाउ, कम्प्युटर भन्नाले हामीले त्यस्तो machine भनेर बुझ्नु पर्दछ जसले प्राप्त आदेश अनुसार गणना अथवा कुनै कार्य गर्ने गर्दछ, अर्थात् हामीले दिएको आदेश अनुसार एसले कार्य गर्ने गर्दछ , सामान्य स्तिथिमा कम्प्युटरले कहिल्यै गल्ति गर्दैन, पूर्ण कम्प्युटरको रुप १९४० को दशकमा आविष्कार गरिएको थियो, जसको आकार धेरै ठुलो थियो र त्यसलाई चलाउनको लागि पनि धेरै मानिसहरुको आवश्यकता पर्दथ्यो, र यसले धेरै स्थान ओगत्थ्यो, यिनीहरुको तुलनामा आजभोलिका कम्प्युटरहरु आकारमा पनि धेरै साना र द्रुत गतिमा चल्छन,
जसरि मानिस ज्युदो रहनको लागि शरीरको साथसाथै स्वास (प्राण) आवश्यक रहन्छ कम्प्युटर चलनको लागि पनि Software (सफ्टवेर) को आवश्यकता पर्छ, त्यसैले कम्प्युटरको दुनियामा Hardware (हार्डवेर) र Software दुबैको निकै ठुलो स्थान रहेको छ, Hardware भन्नाले कम्प्युटरको त्यस्तो भागहरु हुन् जो हाम्ले छुन र देख्न सकिन्छ जस्तै: Monitor, Keyboard, Mouse, Speaker, Headphone, Printer, Scanner, C.P.U. (system) त्यस्तै गरि System भित्रका पनि Motherboard, Cooling Fan, RAM, CD-DVD ROM, C.P.U., S.M.P.S. यति मात्र नभई कम्प्युटरको Motherboard मा रहने Resister, Capacitor आदि पनि Hardware अन्तर्गत नै पर्ने गर्छ, त्यस्तैगरि जब यी सबैलाई जोडेर कम्प्युटर On गर्नुहुन्छ त्यसपछि भित्र चल्ने Pragram हरु या On हुनको लागि सहयोग गर्ने Program हरुलाई Software भनिन्छ, हामीले hardware लाइ जस्तो software लाइ छुन सक्दैनौ, जस्तै यदि तपाइले Notepad चलाउदै हुनुहुन्छ भने त्यसलाई तपाइले हातले छुन सक्नुहुन्न मात्र देख्न सकिन्छ त्यसैले यिनीहरुलाई software भन्ने गरिन्छ, Notepad, Wordpad, Photoshop, Operation System (Windows XP, Windows 7, Vista etc.) etc. केहि software का उदाहरणहरु हुन् .
कम्प्युटरका किसिम:
आजभोली बजारमा विभिन्न किसिमका कम्प्य्टरहरु किन्न पाइन्छ , र तिनीहरुको नाम पनि फरक फरक हुन्छन, त्यसैले कति किसिमका कम्प्य्टरहरु हुन्छन त भनेर बुझ्दा धेरै राम्रो हुन्छ त्यसैले यो पनि जानी राखौ न हुदैन ? समग्रमा भन्नु पर्दा निम्न ३ किसिमका हुन्छन:
Desktop Computer (डेस्कटप कम्प्युटर )
यसको नाम बाटै हामीले बुझ्न सक्छौ कि यो कम्प्युटर डेस्क या टेबल मा राखेर चलाइने कम्प्युटरहरु हुन् यस्ता कम्प्युटरहरुको छुट्टा छुट्टै भागहरु जोडेर चलाइन्छन्,
Desktop Computer:
LapTop Computer:
समयको माग संग संगै आजभोली सानो हातमा अटाउने कम्प्युटरको पनि बिकाश गरिएको छ यस्ता कम्प्युटर लाइ Palmtop/ Handheld Computers भनिन्छ त्यस्तै कुनै हल्का ठुलो आकारको लाइ Tablet PC पनि भन्ने गरिन्छ. यिनीहरु पनि प्राय: सबै Touch Screen बाट नै चल्ने हुन्छन.
Palmtop Computer:
Desktop Computer मा जोडिने Hardware हरु :
हामीले प्राय चलाउने कम्प्युटर भनेको Desktop Computer हो, यो अरु कम्प्युटर भन्दा अलि सस्तो हुन्छ, Desktop Computer चलाउनको लागि यसमा अरु कम्प्युटरमा जस्तो सबै भागहरु एकै ठाउमा जोडिएको नभई छुट्टा छुट्टै हुन्छ त्यसैले हामीले यसलाई जोड्नु पर्छ, त्यसैले यसमा लाग्ने Hardware को बारेमा हामीलाई जानकारी हुनु जरुरि छ. त्यसैले साथीहरु आउनुहोस Desktop Computer मा लाग्ने Hardware हरुको बारेमा जानकारी लिउ:
CRT (Cathode Ray Tube) Monitor :
यो मनिटर आजभोली पाइन छाडिसक्यो, तर पनि कतिपय फोटो स्टुडियो हरुले अझै पनि यसको प्रयोग गर्ने गर्छन किनभने यसको Resolution राम्रो हुन्छ, यसको पछाडीको भाग बाहिर निस्किएको हुन्छ:
CRT Monitor:
LCD Monitor:
Normal Keyboard:
यो keyboard मा Multimedia key हरु हुदैन मात्र सामान्य key हरु जस्तै Functional Key, Alphabetical Key, Symbolic Key etc. हुन्छ भने त्यसको keyboard लाइ Normal keyboard भनिन्छ
Normal Keyboard:
Multimedia Keyboard:
यदि तपाइको keyboard मा माथिपट्टि Multimedia Control गर्नको लागि केहि key हरु दिएको छ भने त्यस्तो keyboard लाइ Multimedia keyboard भनिन्छ. तल चित्रमा हेर्नुहोस :यसमा गित बजाउनप्रयोग हुने Play,Pause,Nex,Forward etc. key हरु दिएको छ.
Flexible Keyboard:
यो खालको keyboard लाइ तपाइले बटारेर राख्न सक्नुहुन्छ. त्यसैले यसलाई Flexible Keyboard भनिएको हो.
Flexible Keyboard:
Wireless Keyboard :
यो keyboard चलाउन को लागि तार जोड्नु पर्दैन, एउटा Device Monitor मा लगाईदिएपछि निश्चित दुरी सम्म बिना तार यसले काम गर्छ:
Wireless Keyboard:
Normal Mouse :
यो Mouse साधारण किसिमको mouse हो, आजभोली यस्तो Mouse पाइन छाडिसक्यो, यस्तो Mouse को बिचमा एउटा गोलो डल्लो हुन्छ र त्यसलाई जता चलायो त्यसकै अनुसार Computer Screen मा Pointer चल्छ.यसलाई Roller Mouse पनि भनिन्छ
Normal Mouse:
Optical Mouse:
Optical Mouse को बिचमा एउटा light राखिएको हुन्छ र त्यसको किरण को माध्यम बाट, अर्थात त्यो किरण जता जता चल्छ Pointer तेतै तेतै चल्छ.
Optical Mouse:
Wireless Mouse:
यो पनि Wireless Keyboard जस्तै एउटा Device System मा जोडिन्छ र यसको माध्यम बाट mouse कुनै निश्चित दुरी सम्म बिना तार चलाउन सकिन्छ.
Wireless Mouse:
साथीहरु हाम्ले बनावट को आधार मा Mouse र Keyboard के कस्ता हुदा रैछन त्यो त जान्यौ तर अर्को कुरा के हो भने यी दुवै (Mouse र Keyboard) को connector को आधारमा यी दुइ किसिमका हुन्छन. ति हुन्
१ PS/2
२ USB PS/2
System (C.P.U.)
यो कम्प्युटरको मुख्य भाग हो. अरु सम्पूर्ण भागहरु यसमै जोडिएको हुन्छ र सबै कम्प्युटरमा रहेको डाटाहरु यस्मा नै रहेका हुन्छन. यो बिना कम्प्युटर चल्न सक्दैन. यसलाइ दुइ तरिकाले अध्धयन गर्न सकिन्छ.
१ Front View
अगाडी पट्टि बाट हेर्दा देखिने भागहरु यसको Front View अन्तर्गत पर्दछन, यसमा CD-ROM/ वा DVD ROM, Floppy Drive Disk, Restart Button, Power Button, USB port, Headphone connector, Audio Out आदि हुन्छन,
यी button हरु Casing अनुसार फरक फरक ठाउ हरुमा दिएको हुन सक्छ जस्तै कतै कतै Power Button माथिपट्टि पनि हुन सक्छ त्यो कुरा विचार गर्नुहोला.
Back View:
Back view अन्तर्गत पछाडी जोडिने कुरहारु पर्छन, जसमा power socket port, PS/2 port, USB, port, Serial Port, Game port, LAN port, Audio out,microphone port, Line Out पर्दछन :
साथीहरु यति कुरालाई राम्रो संग मनन गर्नुभयो भने तपाइँ आफै कम्प्युटर जोड्न सक्नुहुनेछ. र अरु पनि तपाइँ माथि भने जस्तै गरि जोड्न सक्नुहुनेछ जस्तै : Speaker, Printer, Scanner तपाइँ आफै जोड्न सक्नुहुनेछ.
साथीहरु तपाइहरुले आजको पोस्ट बाट के कति कुरा सिक्नुभयो ? यदि केहि नया कुरा सिक्नुभयो र तपाईलाई फाइदाजनक भयो भने कृपया तल कमेन्ट बक्समा लेखि सहयोग गरिदिनुहोला. त्यस्तै तपाइँ मलाइ सहयोग गर्न चाहानुहुन्छ भने sidebar मा 'सदस्य बन्नुहोस' मा क्लिक गरि आफ्नो gmail वा yahoo ID बाट sign in गरि सहयोग गर्न सक्नुहुनेछ. तपाइको सल्लाह सुझावको सधै मलाइ खाचो रहनेछ...........Thank you !

Laptop Computer:
साथीहरु हामीलाई थाहा छ कि Lap को अर्थ काख भन्ने हुन्छ त्यसैले हामीले सजिलै बुझ्न सक्छौ कि काखमा राखेर चलाउन मिल्ने कम्प्युटर लाइ Laptop Computer भनिन्छ, यो सानो ब्यागमा राखेर जतापनि लान सकिन्छ त्यसैले यसलाई "Notebook Computer" पनि भनिन्छ . यो ब्याट्री बाट चल्ने हुनाले बिजुली नभएको ठाउमा पनि लगेर चलाउन सकिन्छ, Desktop Computer मा जस्तो सबै भागहरु छुट्टा छुटै नभई यसको सबै भाग एकै ठाउमा हुन्छ.आजभोलीका Laptopहरु Touch Screen मा पनि पाइन्छन.LapTop Computer:
Palmtop/Handheld computers, Tablet PCs
समयको माग संग संगै आजभोली सानो हातमा अटाउने कम्प्युटरको पनि बिकाश गरिएको छ यस्ता कम्प्युटर लाइ Palmtop/ Handheld Computers भनिन्छ त्यस्तै कुनै हल्का ठुलो आकारको लाइ Tablet PC पनि भन्ने गरिन्छ. यिनीहरु पनि प्राय: सबै Touch Screen बाट नै चल्ने हुन्छन.
Palmtop Computer:
Desktop Computer मा जोडिने Hardware हरु :
हामीले प्राय चलाउने कम्प्युटर भनेको Desktop Computer हो, यो अरु कम्प्युटर भन्दा अलि सस्तो हुन्छ, Desktop Computer चलाउनको लागि यसमा अरु कम्प्युटरमा जस्तो सबै भागहरु एकै ठाउमा जोडिएको नभई छुट्टा छुट्टै हुन्छ त्यसैले हामीले यसलाई जोड्नु पर्छ, त्यसैले यसमा लाग्ने Hardware को बारेमा हामीलाई जानकारी हुनु जरुरि छ. त्यसैले साथीहरु आउनुहोस Desktop Computer मा लाग्ने Hardware हरुको बारेमा जानकारी लिउ:
Monitor:
यो कम्प्युटरको Output Device हो जसले के भैराखेको छ भनेर देखाउंछ, यो T.V. जस्तै हुन्छ, यो ३ किसिम को हुन्छ:CRT (Cathode Ray Tube) Monitor :
यो मनिटर आजभोली पाइन छाडिसक्यो, तर पनि कतिपय फोटो स्टुडियो हरुले अझै पनि यसको प्रयोग गर्ने गर्छन किनभने यसको Resolution राम्रो हुन्छ, यसको पछाडीको भाग बाहिर निस्किएको हुन्छ:
CRT Monitor:
LCD (liquid Crystal Display) Monitor
यसमा भित्र Crystal को प्रयोग गरि बनाइएको हुन्छ, यो मनिटर आजभोली धेरै चलेको छ. यो Slim खालको हुन्छ र सानो ठाउमा पनि राख्न सकिन्छ.LCD Monitor:
LED (Light Emitting Diode) Monitor:
यो मनिटर पनि हेर्दा LCD Monitor जस्तै हुन्छ तर यसमा Crystal को ठाउमा light लगाएर बनाइएको हुन्छ, यो मनिटर पनि आजभोली बजारमा चलेको छ र यो LCD भन्दा अलि महँगो हुन्छ.Keyboard:
Keyboard कम्प्युटरको Input Device हो, यसको माध्यम बाट कम्प्युटरमा Typing गर्न सकिन्छ, साथै अन्य कार्यहरु पनि गर्न सकिन्छ. यो बजारमा निम्न किसिमका पाइन्छन:Normal Keyboard:
यो keyboard मा Multimedia key हरु हुदैन मात्र सामान्य key हरु जस्तै Functional Key, Alphabetical Key, Symbolic Key etc. हुन्छ भने त्यसको keyboard लाइ Normal keyboard भनिन्छ
Normal Keyboard:
Multimedia Keyboard:
यदि तपाइको keyboard मा माथिपट्टि Multimedia Control गर्नको लागि केहि key हरु दिएको छ भने त्यस्तो keyboard लाइ Multimedia keyboard भनिन्छ. तल चित्रमा हेर्नुहोस :यसमा गित बजाउनप्रयोग हुने Play,Pause,Nex,Forward etc. key हरु दिएको छ.
Flexible Keyboard:
यो खालको keyboard लाइ तपाइले बटारेर राख्न सक्नुहुन्छ. त्यसैले यसलाई Flexible Keyboard भनिएको हो.
Flexible Keyboard:
Wireless Keyboard :
यो keyboard चलाउन को लागि तार जोड्नु पर्दैन, एउटा Device Monitor मा लगाईदिएपछि निश्चित दुरी सम्म बिना तार यसले काम गर्छ:
Wireless Keyboard:
Mouse
Mouse पनि कम्प्युटरमा लाग्ने Input Device हो. यसको मद्दतले हामीले चित्र बनाउने तथा ग्राफिक डिजाइन सम्बन्धि कामहरु सजिलै गर्न सक्छौ. बजारमा धेरै किसिमका Mouse हरु पाइन्छन समग्रमा भन्नु पर्दा निम्न किसिमका Mouse हरु हुन्छन.Normal Mouse :
यो Mouse साधारण किसिमको mouse हो, आजभोली यस्तो Mouse पाइन छाडिसक्यो, यस्तो Mouse को बिचमा एउटा गोलो डल्लो हुन्छ र त्यसलाई जता चलायो त्यसकै अनुसार Computer Screen मा Pointer चल्छ.यसलाई Roller Mouse पनि भनिन्छ
Normal Mouse:
Optical Mouse:
Optical Mouse को बिचमा एउटा light राखिएको हुन्छ र त्यसको किरण को माध्यम बाट, अर्थात त्यो किरण जता जता चल्छ Pointer तेतै तेतै चल्छ.
Optical Mouse:
Wireless Mouse:
यो पनि Wireless Keyboard जस्तै एउटा Device System मा जोडिन्छ र यसको माध्यम बाट mouse कुनै निश्चित दुरी सम्म बिना तार चलाउन सकिन्छ.
Wireless Mouse:
साथीहरु हाम्ले बनावट को आधार मा Mouse र Keyboard के कस्ता हुदा रैछन त्यो त जान्यौ तर अर्को कुरा के हो भने यी दुवै (Mouse र Keyboard) को connector को आधारमा यी दुइ किसिमका हुन्छन. ति हुन्
१ PS/2
२ USB PS/2
USB

Post a Comment
Post a Comment