Ads (728x90)

नमस्कार साथीहरु !
   धेरै जना साथीहरुले मलाई एउटा समस्याको बारेमा भन्नु भयो, जसको कारण मैले यो पोस्ट लेख्दै छु, कतिपय साथीहरुको Facebook ID अन्य साथीहरुले Hack गरि जथाभाबी तस्बिरहरु Upload गर्नुहुदो रहेछ. जसले गर्दा समाजमा लज्जित हुनु पर्ने अवस्था हुन्छ. मैले केहि साथीहरुको Facebook Account लाइ Deactive पनि गरिदिए. आजभोलि त यस्ता गतिविधिहरु गर्नेहरुको लागि "Cyber Crime" अन्तर्गत कानुनि कारवाही पनि हुन्छ.
    त्यसैले साथीहरु आउनुहोस यदि तपाइहरुलाई पनि यस्तो समस्या परेको छ र तपाइँ आफ्नो Facebook Account Deactive गर्न चाहानुहुन्छ भने कसरि गर्ने त्यो कुरा सिकौ, यध्यपि कति साथीहरुलाई त यसको बारेमा थाहा पनि होला कतिलाइ नहोला...


सबैभन्दा पहिला जुन Facebook Account लाइ Deactive गर्ने हो त्यो Account बाट log in/ sign in गनुहोस.
त्यसपछि दाहिने पट्टि माथितिर रहेको Setting मा क्लिक गरि  Account setting मा क्लिक गर्नुहोस :


















त्यसपछि तपाइको Account Setting खुल्छ, त्यसको दाहिने पट्टि तपाइले यी कुराहरु देख्न सक्नुहुन्छ:  General, Security, Privacy, Timeline and Tagging etc. त्यसबाट तपाइँ Security मा क्लिक गर्नुहोस अनि त्यसपछि त्यसकै तलपट्टि रहेको "Deactive your account लेखेको ठाउमा क्लिक गर्नुहोस  :



त्यसपछि तपाईलाई "तपाइँ किन facebook छोड्दै हुनुहुन्छ भनेर सोधिनेछ, र त्यहि रहेको Option बाट तपाइले कुनै एउटा जावाफ रोज्नुपर्नेछ र अर्को बक्समा अन्य केहि कारणहरु भए खुलाउनु पर्नेछ, त्यसपछि Confirm मा क्लिक गर्नुहोस...

त्यसपछि तपाईलाई "password" माग्छ र password type गरेपछि एउटा बक्समा Captcha (जुन तपाइले इमेल बनाउदा नबुझिने शब्द Type गर्नुहुन्छ त्यसलाई Captcha भनिन्छ) आउछ र त्यो Type गरेपछि तपाइको Facebook Account Deactive हुन्छ.

 त्यसपछि तपाइको Facebook Account Delete हुन्छ र पछि चाहेको खण्डमा त्यहि Username र Password राखेर sign in गरेमा Active हुन्छ.





Post a Comment