साथीहरु नमस्कार...!!
Photoshop तथा Video Editing सम्बन्धि बढी भन्दा बढी जानकारी दिने उद्देश्यले तयार पारिएको यो ब्लग तपाइहरुलाई कस्तो लागिरहेको छ, कृपया हामीलाई जानकारी दिनुहोला यदि तपाई मलाई सहयोग गर्न चाहानुहुन्छ भने तल 'सदस्य बन्नुहोस' माथि क्लिक गरेर तपाइको gmail ID वा yahoo ID बाट साइन इन गरेर सदस्य बनि मलाई सहयोग गर्न सक्नुहुन्छ. आज हामि फोटोको दाग कसरि हटाउने भन्ने कुरा सिक्न गरिराखेको छौ. त्यसैले ध्यान दियर यी कुराहरु Step-by-Step गर्दै जानुहोला अनि नबुझेको खण्डमा तल कमेन्ट बक्समा लेख्नुहोला र म त्यसको समाधान गर्ने प्रयास गर्ने छु.
Photoshop मा फोटोको दाग हटाउनको लागि विशेष गरि ३ वटा Tool हरुको प्रयोग गरिन्छ, ति हुन् : Healing Brush Tool, Patch Tool र Clone Stamp tool हुनत Photo Studio हरुले Filter जस्तै kodak magic, JPEG etc. प्रयोग गरेर छिटो Photo लाइ सफा गर्छन तर त्यो नभए पनि हामीले राम्रो फोटो बनाउन सक्छौ. (यदि तपाईलाइ Photo Studio हरुले प्रयोग गर्ने Filter हरु चाहिएको छ भने Direct म संग सम्पर्क गर्न सक्नुहुनेछ)
Healing Brush Tool, Patch Tool र Clone Stamp tool हरु सचित्र नाम तल दिईएको छ हेर्नुहोस..
माथि चित्रमा देखाइएको Tool हरुको प्रयोग गरेर हामीले दागहरुलाई हटाउन सकिन्छ. साथै Clone Stamp Tool को प्रयोग गरि हामीले फोटोलाई सफा गर्न पनि सकिन्छ. सबै भन्दा पहिला Clone Stamp Tool र Healing Brush Tool बीच के फरक छ त ? त्यो बुझौ:
Clone Stamp Tool र Healing Brush Tool दुवै फोटोको दागहरु हटाउनको लागि प्रयोग गरिन्छ तर यी दुइ बीच केहि फरक छन् , त्यो के भने Clone Stamp Tool ले Background संग Match हुदैन तर Healing Brush Tool भने Background संग Match हुन्छ, दुवै Tool लाइ प्रयोग गर्दा Alt key थिच्नुपर्छ र यी Tool हरुको साइज बढाउन/घटाउनको लागि किबोर्डको opening Brackets र Closing Brackets( [ र ] ) थिच्नुहोला अनि तपाइले रोजेको Tool को साइज बढ्दै जानेछ.याद गर्नुहोला यदि तपाइको किबोर्डको Caps Lock key On छ भने Tool बढेको देख्न सक्नुहुन्न त्यसैले Caps Lock key Off गर्नुहोला.
तल चित्रमा कसरि Clone Stamp Tool ले दाग हटाउने हेर्नुहोस :
याद गर्नुहोस यी Tool हरुले चमत्कारिक रुपले दागहरु हटाउने नभई जहा हामिले क्लिक गर्छौ त्यै भाग copy गरि दाग पुर्ने भएकोले दागको वरिपरिको मिल्ने छाला को कलर मा क्लिक गर्नुहोला. त्यस्तै गरि अनावश्यक रुपले क्लिक गरिराख्यो भने फोटो बिग्रिन पनि सक्छ त्यसैले एकचोटी एक ठाउमा क्लिक गरि एकचोटी दाग माथि क्लिक गर्ने गर्नुहोला धेरै चोटी गर्दा फोटो बिग्रिन पनि सक्छ, र अर्को कुरा फोटोलाई कपि गरेर राख्नुहोला ताकी सक्कली फोटो नबिग्रियोस् . त्यस्तै गरि Healing Tool को प्रयोग पनि माथि भने जस्तै गरि गरिन्छ. Healing Brush Tool माथि क्लिक गर्नुहोस त्यसपछि माथि चित्रमा देखाए जस्तै फोटोको दाग नजिकको राम्रो भागमा Healing Brush Tool लाइ लानुहोस अनि किबोर्ड बाट Alt key थिच्नुहोस, त्यसपछि Healing Brush Tool को चिन्ह पनि माथि देखाएजस्तै हुन्छ अनि त्यो भागमा क्लिक गर्नुहोस त्यसपछि Alt key छोड्नुहोस र दाग माथि Healing Brush Tool लगी क्लिक गर्नुहोस, दाग हराउनेछ, यसैगरि अनुहारको हरेक दागहरु हटाउनुहोस.
यस्तैगरि Patch Tool बाट पनि दाग हटाउन सकिन्छ त्यसको लागि Patch Tool छान्नुहोस् , दागलाइ Patch Tool ले गोलो हुने गरि घेर्नुहोस र Mouse छोडीदिनुहोस अब त्यो भाग Select भएको देख्नुहुनेछ, अब त्यो Select भएको भागलाइ क्लिक गरि उचालेर लगेर राम्रो भागमा छोडीदिनुहोस, अब त्यो दाग हट्नेछ.
तलको चित्र राम्रो संग हेर्नुहोला :
यो Tool चलाउदा माथि Option Bar मा केहि कुरा ध्यान दिनुपर्छ, यदि माथि Option Bar मा हेर्नुभयो भने Source र Destination भन्ने लेखेको देख्नुहुनेछ, यदि Source मा Select छ भने जुन भाग मा गोलो Select गरि रार्मो ठाउमा लगेर छोड्छौ भने त्यो राम्रो भाग copy भएर दाग पुर्छ, र यदि Destination मा Select गरिएको छ भने त यसको उल्टो दाग नै त्यो ठाउमा सर्छ त्यसैले यसलाई बिचार पुर्याउनु पर्छ. यदि तपाइले कुनै फोटोमा अनुहारको कोठी आदिलाई अन्य ठाउमा सार्न पर्यो भने Destination मा Select गरि अन्य ठाउमा सार्न सक्नुहुनेछ.
अनुहार सफा गर्नको लागि Clone Stamp Tool को प्रयोग.....
हामीले Clone Stamp Tool को प्रयोग गरेर फोटोलाई सफा गर्न पनि सक्छौ, जस्तो Photo Studio हरुले Kodac magic, JPEG आदि filter हरुको प्रयोग गरेर केहि सेकेन्ड मै सफा गर्छन, तर हामि संग ति filter हरु उपलब्ध नहुन सक्छ, तरपनि हामीले केहि दुख गरेर त्यो बराबरको फोटो बनाउन सक्छौ:
त्यसको लागि सबै भन्दा पहिला हामीले Clone Stamp Tool Select गरेपछि माथि पट्टि Option bar मा Opacity भन्ने हुन्छ, त्यो Opacity को मान 13% देखि बढीमा 15% राख्नुहोस अनि त्यसपछि अनि brush को साइज अनि अलि ठुलो गराउनुहोस् र माथि भनेजस्तै जुन ठाउमा साफ गर्ने हो त्यै ठाउमा Alt थिचेर click गर्नुहोस र तेही ठाउमा दल्नुहोस. बिस्तारै बिस्तारै यो प्रक्रिया गर्दै जानुहोस त्यो भागको छाला Clean हुदै गएको देख्नुहुनेछ...यसको असर हल्का देखिन्छ त्यसैले बिस्तारै साफ हुन्छ.
साथीहरु तपाइहरुले माथि बताएजस्तै गरि गर्नुभयो भने Kodac Magic/ JPEG filter हरुले जस्तै छाला Clean गर्न सक्नुहुनेछ.कृपया यो राम्रो संग गर्नुहोला.
अब Clone Stamp Tool र Healing Brush Tool को अन्य काम हरुमा: तपाइले एउटा फोटोलाई अर्को फोटोमा त्यसको कुनै भाग लाइ आफुले चाहेको अनुसार लान सक्नुहुनेछ. त्यसको लागि Opacity 100% राख्नुहोस (जुन अघि 15% राख्नुभएको थियो), त्यसपछि फोटो माथि अगाडी बताएजस्तै alt संग क्लिक गर्नुहोस र अर्को फोटो वा सिनमा लगेर Mouse दल्नुहोस त्यो फोटोको आकृति त्यहाँ बन्नेछ
यस्तै Healing Brush Tool बाट पनि यसै गरि गर्न सकिन्छ . Healing Brush Tool background color संग Match भएर बस्छ.
Tips:- Clone Stamp Tool चलाउदा माथि पट्टि बाट brush style choose गर्न सकिन्छ, जस्तो खालको brush रोज्यो त्यस्तै आकारमा हाम्रो फोटोको आकार बन्छ तलको चित्र हेर्नुहोस...
साथीहरु यो पोस्ट तपाइहरुलाई कस्तो लाग्यो कृपया तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेख्न नाभुल्नुहोला साथै राम्रो लागेमा Share गर्न पनि नभुल्नुहोला है त...!!

Post a Comment
Post a Comment