Ads (728x90)

साथीहरु, हामीले कुनै पनि photo लाइ अर्को photo मा लगेर राख्दा कति भाग वा कुन भाग लाने हो, त्यसलाई हामीले select गर्नुपर्ने हुन्छ. त्यसको लागि हामीलाई Selection Tools को आवश्यकता पर्छ, त्यस्तै गरि कुनै tool चलाउदा त्यसको असर कति भाग मा पारनी हो त्यसको लागि पनि हामीलाई Selection Tools को आवश्यकता पर्छ, जस्तै: यदि तपाइँ मुखमा मात्र उज्यालो बनाउन चाहानुहुन्छ भने मुखलाई मात्र select गरेर Curve Tool use गर्नुभयो भने मुखमा मात्र त्यसको असर पर्छ.  आज म तपाईहरुलाई यी Tool हरु के के हुन् र यिनीहरुले कसरि काम गर्छन? अनि यी Tool हरु चलाउदा के के कुराहरुमा ध्यान दिनु पर्छ? भन्ने कुराको बारेमा जानकारी दिन गैरहेको छु. कृपया राम्रो संग यसलाई मनन गर्नुहोला किनभने Photoshop चलाउदा यी tool हरु राम्रो संग चलाउन जानेन भने photo edit गर्न सकिदैन र तपाइहरुले बढी भन्दा भढी photo हरुलाई यी tool हरुको प्रायोग गरेर select गर्नी अभ्यास गर्नु होला.


       Select गर्नका लागि प्रयोग गरिने Tool हरु या भनौ Selection मा प्रयोग गरिने Tool हरु भनेको मात्र ८ वटा छन् ति हुन्: -  Rectangular Marquee Tool, Elliptical Marquee Tool , Single Row marquee Tool, Single Column marquee Tool, Lasso Tool, Polygonal Lasso Tool, Magnetic Lasso Tool र Magic Wand Tool. चित्रमा तल दिईएको छ:-



यी Tool हरु चलाउदा हामीले माथि Option Bar (यदि तपाईलाई Option bar को बारेमा थाहा छैन भने यहाँ जानुहोस) मा ध्यान दिनु पर्छ. जसमा New Selection, Add to Selection, Subtract Selection, Intersect With Selection र Feather भन्ने option हुन्छ,

चित्रमा तल हेर्नुहोस:-


साथीहरु माथिको चित्रले तपाईहरुलाई राम्रो संग बुझ्न मद्दत गर्छहोला. यी कुराहरुलाई ध्यान दिनुपर्छ हामीले. कुनै पनि selection tool चलाउदा यी option हरु देखाउने गर्छ.
अब लागौ Tool तर्फ :

Rectangular Marquee Tool :- यो Tool ले कुनै पनि Photo लाइ आयातकार आकार मा Select गर्दछ .

Elliptical Marquee Tool:- यसले गोलाकार मा कुनै पनि Photo लाइ Select गर्दछ .



Single Row Marquee Tool :-  यसले तेर्सो लाइन बनाएर Select गर्छ


Single Column Marquee Tool:- यसले ठाडो लाइन बनाएर Select गर्दछ .

Lasso Tool :- यो Tool ले Select गर्दा जब सम्म Mouse छोदिदैन तब सम्मको भागलाई मात्र select गर्दछ. वा भनौ एकचोटी click गरेर start गरेपछी mouse छोड्यो भने अर्को point मा आफै जोडिन पुग्छ. तेसैले यो Tool तेती use गरिदैन.

Polygonal Lasso Tool:- यो Tool सबै भन्दा बढी प्रयोग गरिने Tool हो. यसले जता तपाइले click गर्नुहुन्छ उतै select हुन्छ. र यदि back जानु परेमा delete key वा Back space थिच्दै जानुपर्छ.

Magnetic Lasso Tool:- यो Tool चलाउदा एकचोटी Click गरेपछी अर्कोचोटी click गर्नु पर्दैन र एउटै color मा आफै select हुदै जान्छ. कुनै पनि Photo मा एउटै color हुने सम्भावना एकदमै कम हुन्छ तेसैले यो Tool पनि धेरै प्रयोगमा आउदैन.

Magic Wand: यो Tool पनि एउटै color लाइ Select गर्दछ. यो चलाउदा option bar मा tolerance option मा 32 value हुन्छ त्यसलाई आफ्नो आवश्यकता अनुसार बढाउन सकिन्छ.

महत्वपुर्ण कुरा:
साथीहरु हामीले Polygonal Tool बाट photo select गर्दै छौ भने Full Screen Mode मा गर्नु राम्रो हुन्छ. र select गरिरहेको अवस्थामा अरु कुनै पनि Tool चलाउन पाइदैन, तेस्तो अवस्थामा यदि तपाई लाइ फोटो zoom गर्नु पर्यो भने Ctrl संग + थिच्दै जानुहोला यसले Zoom in गराउछ र यदि Zoom out गर्नु परेमा Ctrl संग - थिच्दै जानुहोला. यदि फोटोलाई यताउता सार्नु परेमा space bar थिच्नुस हातको चिन्ह आउछ र हामीले फोटोलाई यताउता सार्न सक्छौ.

र  कहिलेकाही हामीले select गर्दा गर्दै आफ से आफ जोडिन्छ र फेरी तेही बाट थप्नु परेमा option bar बाट Add to selection मा click गरेर फेरी तेही बाट select गर्दै जान सकिन्छ. यदि select गरेको भाग आवश्यक भन्दा बढी select हुन पुग्यो भने Subtract Selection लिएर तेस्लाई घटाउन सकिन्छ. यी कुराहरु जहिले पनि photoshop चलाउदा ध्यान दिनुपर्छ.

र अर्को महत्वपूरण कुरा भनेको Feather हो जुन option bar मा हुन्छ (चित्र माथि छ) select गर्न भन्दा अगाडी त्यसमा कुनै value राख्नुहोस जस्तै 5, 10 जति बढाउदै लानु हुन्छ तपाइले select गरेको फोटोको घेरा उति धमिलो हुदै जान्छ.

चित्र मा :

माथिको चित्र मा 0 feather मा select गरिएको फोटोको घेरा धमिलो छैन तर तल्लो फोटो 25 feather मा select गरिएको भएर घेरा धमिलो छ. तेसैले यी कुराहरु ध्यान राख्नु जरुरि छ.यसले फोटोलाई natural देखाउछ.

साथीहरु आजको Tutorial कस्तो लाग्यो? राम्रो नराम्रो जस्तो लागे पनि कृपया कमेन्ट गरि सहयोग गरिदिनुहुन् हार्दिक अनुरोध गर्दछु र फोटो र भिडियो संबन्धि जानकारीका लागि हाम्रो ब्लग भिजिट गर्दै गर्नुहोला photoshop पछी हामि Video Editing को बारेमा पूर्ण जानकारी दिनेछौ. र हाम्रो ब्लगको सदस्य बन्नको लागि तल "सदस्य बन्नुहोस" लेखेको ठाउमा गइ सदस्य बनि सहयोग गरिदिनुहोला..


अघिल्लो Tutorial हेर्न यहाँ जानुहोस

Post a Comment