Ads (728x90)

साथीहरु अघिल्लो Tutorial मा मैले तपाईहरुलाई Selection Tool हरुको बारेमा जानकारी दिएको थिए(अघिल्लो Tutorial हेर्न यहाँ क्लिक गर्नुहोस..). आशा गरेको छु कि तपाइहरुले राम्रो संग बुझ्नु भयो होला भनेर. आज हामि कुनै पनि फोटोलाई कसरि select गर्ने भन्ने बारेमा जानकारी लिनेछौ. कहिलै पनि Photoshop नचलाउनुभएको साथीहरुलाई पनि राम्रो संग सिकाउन को लागि भनेर मैले सानो भन्दा सानो कुराहरुलाई पनि बिस्तृत तरिकाले र चित्र सहित उल्लेख गर्ने प्रयास गरेको छु, आशा छ तपैहरुले राम्रो संग बुझ्नु हुनेछ यदि नबुझेको खण्डमा कृपया कमेन्ट बक्समा लेख्नुहोला....


    सबै भन्दा पहिला हामीले Photoshop मा Photo हरु ल्याउनु पर्छ, तेस्को लागि Menu Bar मा गइ File मा click गर्नुहोस र Open मा click गर्नुहोस..अथवा खाली भागमा double click गर्नुहोस...

चित्रमा:




त्यसपछी My Computer बाट कुन Drive मा फोटो छ, त्यसमा गइ फोटोलाई Select गर्नुहोस....


कुनै फोटोलाई Select गरि Open मा click गर्नुहोस :



कुनै पनि फोटोलाई Edit गर्नुभन्दा पहिले त्यसलाई Duplicate गराउनु राम्रो हुन्छ किनभने हाम्रो Original Photo बिग्रिदैन र हामीले बनाएको फोटो पहिलाको र अहिलेको मा के फरक भयो हेर्न सकिन्छः  त्यसैले फोटोलाई Duplicate गर्नको लागि : फोटोको सबै भन्दा माथिको भागमा Right Click गर्नुहोस, त्यसपछि त्यहा Duplicate भनेर देखाउछ त्यसमा click गर्नुहोस त्यसपछी Photo को कुनै नाम दियर OK गर्नुहोस त्यो फोटोको Duplicate Image बन्छ :

त्यस पछी अब Polygonal Lasso Tool लियर Select गर्न सिक्छौ..त्यो गर्न भन्दा पहिला, हामीले Polygonal Lasso Tool बाट Selectगर्दा एकचोटी सुरु गरेपछि Select नभौन्जेल अरु कुनै Tool चलाउन मिल्दैन र हामीलाई अरु menu हरुले पनि झन्झट गर्छ त्यसैले Full Screen मा   Selectगर्दा राम्रो हुन्छ त्यसको लागि दुई चोटी F र एकचोटी Tab Key थिच्नुहोस Full Screen हुन्छ र अब तपाइले ढुक्क संग  Selectगर्न सक्नुहुन्छ.



Select गर्दा CTRL+ + key थिच्नुभयो भने Zoom in हुन्छ र यदि Zoom out गराउन चाहानुहुन्छ भने CTRL+ - key थिच्नुहोला वा space bar संग Ctrl थिच्नु भयो भने Zoom in हुन्छ र space bar संग Alt key थिच्नुभयो भने Zoom out हुन्छ . र यदि तपाईलाई Select गर्दा गर्दै फोटोलाइ सार्नु परेमा space bar थिच्नुहोस हातको चित्र आउछ अनि फोटोलाईसार्न सक्नुहुनेछ र फोटोलाई जति Zoom inगरेर Select गर्नु हुन्छ तेती राम्रो देखिन्छ तलको चित्र हेर्नुहोस....


Select गरिसकेपछि Move Tool को सहायताले फोटोलाई सारेर जुन scene मा फोटोलाई लान मन छ त्यसमा लगेर छोडिदिनुहोस फोटो मात्र त्यहाँ जान्छ. यसरि हामीले फोटोलाई Mix गर्न सक्छौ.
 चित्र यहाँ छ :


योTool चलाउदा ध्यान दिनुपर्ने कुराहरु:
यदि कैले कैले Select गर्दा गर्दै बीचैमा जोडिन पुग्छ त्यस्तो बेलामा Option bar मा New Selection, Add to Selection, Subtract Selection र Intersect with Selection रहेको हुन्छ र त्यसमध्य Add to Selection लियर फेरी जहा बाट छोडिएको छ त्यहीबाट सुरु गर्दै जानुहोस पछी जोडिन्छ...त्यस्तै गरि हामीले चाहिने भन्दा बढी Select भएको छ भने Subtract Selection लियर घटाउन सक्नुहुनेछ...
चित्र तल हेर्नुहोस:


साथीहरु माथिको कुराहरु step by step गर्दै जानु होला र select गर्नमा हात राम्रो संग बसाल्नुहोला है त. केहि समस्या भएमा तल कमेन्ट बक्स म लेख्नुहोला र कृपया मेरो ब्लगको सदस्य बनि सहयोग गरिदिनुहोला धन्यबाद...

Post a Comment