Ads (728x90)

साथीहरु अगाडी हामीले photoshop चलाउदा के के कुराहरुमा ध्यान दिने भन्ने बारेमा बुझ्यौ....setting हरु कसरि मिलाउने भन्ने बारेमा बुझ्यौ..अब हामि Photoshop tool हरु बारेमा जानकारी लिनेछौ.

 Photoshop मा जति पनि Photo हरु बनाइन्छ हामीले सबै यहि tool हरुको सहायताले बनाइन्छ. तेसैले यसको बारेमा जानकारी हुनु जरुरि हुन्छ.  Photoshop खोल्दा बित्तिकै 4  कुरा हरु ध्यान दिनु पर्छ. ति हुँन :- Menu Bar, Tool Bar, Option Bar र Layar

Menu Bar

: File, Edit, Image, Layer, Select, Filter, View, Window र Help हरुलाइ menu bar भनिछ. यसमा विभिन्न किसिमका menu हरु रहेका हुन्छन...जस्तै: Color balance, Color Mode Option, Save, Save as, Curve, Blur tools, Lens Flare आदि आदि...

Tool Bar

:
Selection Tool, Cropping Tool, Clone stamp, Healing Brush आदि रहने बाँया तिर रहेको tool box लाइ Tool Bar भनिन्छ. यी tool हरुको प्रायोग गरेर photo edit गरिन्छ.

Option Bar

Menu baar भन्दा तलपट्टि रहेको option हरुलाई option Bar भनिन्छ. हामीले Tool हरु चलाउदा यहीबाट तेस्को अन्य Option हरु change गर्छौ. जस्तै: Selection Tool चलाउदा तेस्को Feather मिलाउने काम गरिन्छ, तेस्तै Crop tool चलाउदा size र Resolution मिलाउने काम गरिन्छ.

Layer

Photo Edit गर्दा खेरि Layer को बारेमा बुझ्न सकिएन भने धेरै गाह्रो पर्छ. त्यसैले यसको बारेमा बुझ्नु जरुरि छ. Layer भन्नाले तह भन्ने बुझिन्छ. यसको मतलब हामीले एउटा photo माथि जति धेरै photo राख्दै जान्छौ तेतीवटा layer हरु आफै बन्दै जान्छ. र अर्को कुरा जुन layer select भएको छ. हामीले select गरेको tool ले तेस्लाई मात्र प्रभाव पार्छ: जस्तै तपाइले Eraser Tool लिनु भएको छ र layer1 select गर्नु भएको र layer2 erase गर्नु छ भने layer2 erase हुदैन. किनभने तपाइले layer1 select गर्नुभएको छ.



सचित्र यहाँ छ:





साथीहरु अब अगाडी हामि हरेक Tool हरुको एक-एक गर्दै परिचय र काम हरुको बारेमा जानकारी लिदै जानेछौ..साथै यदि तपाईलाई Color Mode को बारेमा जानकारी छैन भने यहाँ जानुहोस्...

Post a Comment