Ads (728x90)

साथीहरु हामीले video editing सिक्नु भन्दा पहिले हामीलाई photo संबन्धि जानकारी हुनु जरुरि छ. त्यसैले मैले यहाँ तपाईहरुलाई Adobe Photoshop, जुन Photo संग सम्बन्धित सफ्टवेर हो, को बारेमा जानकारी दिन गैरहेको छु.त्यसैले आउनुहोस हामि video editing सिक्नु भन्दा पहिले Photo edit गर्न सिकौ !

Adobe Photoshop संयुक्त राज्य अमेरिका को Adobe company ले निकालेको सफ्टवेर हो.यो कम्पनीले मेडिया संग सम्बन्धित सफ्टवेरहरु निकाल्ने गर्दछ जस्तै: Adobe Photoshop, Adobe Premiere (Video Editing Software), Adobe Illustrator, Adobe After Effects आदि.
हामीले सिक्न गरिरहेको Adobe Photoshop सफ्टवेर Image Editing गर्ने सफ्टवेर हो.


सामान्य जानकारी

हामीलाई फोटो बनाउनु भन्दा अगाडी यसको केहि आधारभूत कुराहरुको बारेमा जानकारी हुनु जरुरि छ. आउनुहोस तेस्को बारेमा जानकारी लिउ:

Color Mode

: Color Mode भनेको हामीले Photoshop बाट Photo बनाउदा केहि setting हरु मिलाउनु पर्ने हुन्छ, जस्तै हामीले के बाट फोटो निकाल्ने हो फोटो स्टुडियो हो या फ्लेक्स बोर्ड हो या सामान्य प्रिन्टर बाट निकाल्ने हो त्यस अनुसारको setting मिलाउनु पर्छ.
१. RGB= यदि तपाइँ फोटो स्टुडियो बाट फोटो निकाल्दै हुनुहुन्छ भने RGB Color mode select गर्नु पर्छ.
२. Bitmap= यदि तपाई सामान्य प्रिन्टर जसमा Water Color Ink प्रयोग गरिएको हुन्छ,बाट प्रिन्ट गर्दै हुनुहुन्छ भने यो color mode select गर्नु पर्छ.
३. Grayscale= यदि तपाई सादा फोटो (Black and White photo) बनाउदै हुनुहुन्छ भने यो color mode select गर्नुपर्छ.
४. CMYK= यदि तपाई flex board तयार गर्दै हुनुहुन्छ भने CMYK color mode बाट गर्नुपर्छ.

सचित्र तल छ:



त्यस्तैगरि हामीलाई Image Size को बारेमा जानकारी पनि हुनु पर्दछ. फोटो स्टुडियोहरुमा प्रयोग हुने Image size फरक-फरक छन्:

2x3
3x5
4x6
5x7
8x10
10x12
12x18

यी मध्ये सबै भन्दा बढी प्रयोग हुने Image Size भनेको 4x6 हो. यी Size हरु preset को रुपमा Photoshop मा नै हुन्छन. तर अन्य Size हरुको फोटो या ID card Design गर्नु परेमा Custom setting गर्न सकिन्छ. जस अनुसार पहिले त्यसको Size रुलर ले नाप्ने र Height र width लेखेको ठाउमा राख्ने...
त्यस्तै गरि फोटो या भिडियोमा थाहा पाउनु पर्ने अर्को कुरा भनेको Resolution हो. Resolution ले फोटो या भिडियोको quality र size निर्धारण गर्छ, जति बढी Resolution भयो उति तेस्को quality र size पनि बढी हुन जान्छ. Photo studio को लागि design गर्दै हुनुहुन्छ भने resolution 300 pixel राख्नुहोला र यदि flex print गर्दै हुनुहुन्छ भने 100 pixel राख्नुहोला


सचित्र यहाँ छ:

Resolution:-



साथीहरु माथिका कुराहरु राम्रो संग मनन गर्नुहोला...अर्को tutorial मा photoshop संबन्धि धेरै जानकारी हरु म तपाईहरुलाई दिदै जानेछु....साथै तपाई हरुबाट सल्लाह सुझावको पनि आशा गरेको छु...Visit गर्दै गर्नुहोला www.shinysuraj.blogspot.com...

Post a Comment